उज्ज्वल थापालाई मष्तिष्कघात, अवस्था थप चिन्ताजनक



हाम्रो इकोनोमि

 

कोरोना संक्रमण पुष्टि भएपछि ह्याम्स र ग्रान्डी अस्पताल हुँदै हाल नेपाल मेडिसिटी अस्पतालमा उपचाररत विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ज्वल थापाको अवस्था थप चिन्ताजनक बनेको छ ।

विशेषज्ञहरूमार्फत ईसीएमओ प्रविधिबाट कोरोना संक्रमणको उपचार गराइरहेका थापालाई ब्रेन ह्याम्रेज (मष्तिष्कघात) समेत भएकाले अवस्था थप चिन्ताजनक भएको अस्पताल स्रोतले जनाएको छ । यसअघि उनका परिवार तथा शुभचिन्तकहरुले आजै प्रेस विज्ञप्तिमार्फत थापाको अवस्था जटिल बनेको जानकारी दिएका थिए ।

दुई हप्ताअघि कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई विभिन्न अस्पतालमा राखेर उपचार गरिँदै आएको छ । दैनिक लाखौं रुपैयाँ खर्च लाग्ने भएपछि उनको परिवार र शुभचिन्तकहरुले आर्थिक संकलन गरेर खर्च धान्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...