उज्ज्वल थापालाई मष्तिष्कघात, अवस्था थप चिन्ताजनक



हाम्रो इकोनोमि

 

कोरोना संक्रमण पुष्टि भएपछि ह्याम्स र ग्रान्डी अस्पताल हुँदै हाल नेपाल मेडिसिटी अस्पतालमा उपचाररत विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ज्वल थापाको अवस्था थप चिन्ताजनक बनेको छ ।

विशेषज्ञहरूमार्फत ईसीएमओ प्रविधिबाट कोरोना संक्रमणको उपचार गराइरहेका थापालाई ब्रेन ह्याम्रेज (मष्तिष्कघात) समेत भएकाले अवस्था थप चिन्ताजनक भएको अस्पताल स्रोतले जनाएको छ । यसअघि उनका परिवार तथा शुभचिन्तकहरुले आजै प्रेस विज्ञप्तिमार्फत थापाको अवस्था जटिल बनेको जानकारी दिएका थिए ।

दुई हप्ताअघि कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई विभिन्न अस्पतालमा राखेर उपचार गरिँदै आएको छ । दैनिक लाखौं रुपैयाँ खर्च लाग्ने भएपछि उनको परिवार र शुभचिन्तकहरुले आर्थिक संकलन गरेर खर्च धान्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...