देउवाको भाग्य प्रधान न्यायाधीश जबराको इजलासमा



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति तथा नयाँ निर्वाचन बदरका लागि अन्तरिम आदेश माग गर्दै परेका १९ वटा रिटमाथिको सुनुवाई प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा हुने भएको छ । सबै रिटको सुनुवाईका लागि राणको एकले इजलासमा पेशी तोकिएको छ । देउवालाई प्रतिनिधिसभाका बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेकोमा रिटमा परमादेशमार्फत सपथको बाटो खुला गर्न माग गरिएको छ ।

सर्वोच्चका अनुसार आजदेखि १९ रिटमा सुनुवाइ हुनेछ। यस्तै शुक्रबार शेरवहादुर देउवासहित बाँकी ११ रिटको सुनुवाइ हुनेछ जुन संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका रिट हुन्। १४६ जना सांसदसहित कांग्रेस सभापति देउवा पनि रिट लिएर सर्वोच्च पुगेका थिए।

देउवालाई १४९ सांसदले गत शुक्रबार प्रधानमन्त्रीमा समर्थन गरे पनि दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा सोही दिन राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन्। त्यसपछि कांग्रेससहित विपक्षी ५ दलका सांसद प्रतिनिधि सभा विघटन विरूद्ध सर्वोच्च गएका थिए।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...