नेपाल-खनाल समूहले तत्काल नयाँ पार्टी घोषणा नगर्ने



हाम्रो इकोनोमि

 

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल-झलनाथ खनाल समूहले तत्काल नयाँ पार्टी घोषणा नगर्ने भएको छ । प्रतिनिधिसभा विघटनपछि उक्त समूहले नयाँ पार्टी दर्ता गर्न लागेको चर्चा चलिरहेका बेला सो समूहका एक बरिष्ठ नेताले सर्वोच्च अदालतको फैसला आउनुअघि पार्टी गठनको प्रक्रियामा नजाने बताएका हुन् ।

नेपाल समूहकै दोस्रो पुस्ताका केही नेताको भने अझै पनि पार्टी एकताको सम्भावना जीवितै रहेकाले एमालेमै रहेर अन्तरसंघर्ष चर्काउनुपर्ने धारणा पनि आइरहेको छ । तर,वरिष्ठ नेताद्वय खनाल र नेपाललाई अध्यक्ष केपी ओलीले पार्टीबाट निश्कासन गरिसकेको अवस्थामा पार्टी एकताको सम्भावना अब समाप्त भएको ती नेताले बताए । नयाँ पार्टीको आवश्यकता महसुस भैसकेको भन्दै उनले पार्टी गठनबारे तीन वटा विकल्पमाथि छलफल भैरहेको सुनाए । अहिले छलफलको क्रममै रहेको र अदालतको फैसलापछि मात्र आवश्यक निर्णय गरिने उनको भनाइ छ ।

‘एमाले निर्माणमा महत्वपूर्ण योगदान गरेका र कठिन अवस्थामा पार्टीलाई नेतृत्व प्रदान गरेका वरिष्ठ नेतालाई नै ओलीजीले पार्टीबाट निकालिसकेको अवस्थामा अब एकताको सम्भावना लगभग सकिएको छ । हामी पार्टी त बनाउँछौँ । तर अदालतको परिणामलाई पर्खिने सल्लाह भएको छ’,उनले भने ।

आफ्नै पार्टी अध्यक्ष तथा संसदीय दलका नेताका विरुद्ध विपक्षी गठवन्धनको पक्षमा हस्ताक्षर गरेको भन्दै ओली समूहले बरिष्ठ नेता झलनाथ खनाल र नेता नेपालसहित सो पक्षका ११ नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिसकेको छ । ओली पक्षले नेपाल समूहका थप १२ जनालाई कारवाहीको अन्तिम तयारीस्वरूप २४ घण्टे स्पस्टिकरण सोधेको छ । स्पष्टिकरणको म्याद आजै सकिंदैछ । स्पष्टिकरण सोधिएका १२ जनालाई समेत कारवाही हुने निश्चितजस्तै छ । त्यसकारण अब फेरि पार्टी मिल्ने सम्भावना अन्त्य भएको निष्कर्षमा नेपाल समूह पुगेको छ

‘अब ओलीजीले हामीलाई पार्टीबाट निकाल्दै जाने अनि हामी चैं पार्टीबिहीन भएर चुपचाप बस्ने कुरा हुँदैन । कारवाही र निश्कासनको प्रक्रिया प्रदेश हुँदै तलैसम्म पुग्ने देखिन्छ । त्यसो हुँदा हामीलाई नयाँ ढंगले संगठित हुन सजिलो भएको छ’,उनले भने ।

पार्टी एकता जोगाउन र संसद विघटनमा जान नदिने अनेक प्रयास गर्दा पनि ओलीकै कारण सफल हुन नसकेको नेपाल समूहका नेताहरुले बताउँदै आएका छन् । आफूहरुलाई अलमलमा पार्ने र सत्ता जोगाउने रणनीतिका साथ ओलीले ‘फुटाऊ र राज गर’ शैलीमा आफूलाई प्रस्तुत गरेपछि अहिलेको परिस्थिति सृजना भएको उनीहरुको भनाइ छ । वरिष्ठ नेताहरुलाई नै निश्कासन गरिसकेपछि पनि एकता बचाउँछु भन्नु अव्यवहारिक हुने नेपाल समूहका अधिकांश नेताको तर्क छ ।

‘यत्रा नेताहरुलाई पार्टीबाट निकालिसकेपछि अझै एकता बचाउन सकिन्छ भन्नु व्यवहारिक छ र ?’,उनले भने,पार्टीबाट नै निश्कासन गरिसकेपछि त्यो अब सक्कियो । त्यसैले नयाँ ढंगले पुनर्संगठित हुने वातावरण क्रमशः बन्दै गएको छ । तर,अदालतको फैसलाअघि चैं पार्टी घोषणा गर्दैनौँ ।’

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...