काठमाडौंमा बर्डफ्लु संक्रमण भेटियो



हाम्रो इकोनोमि

 

काठमाडौंमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको छ । काठमाडौंको किर्तिपुरस्थिति दुई ठाउँ र चन्द्रागिरीमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । किर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरीको एक ठाउँमा सोमबार बर्डफ्लु संक्रमण पुष्टि पछि त्यस क्षेत्रका पन्छी नष्ट गर्न टोली खटाइएको विभागका प्रवक्ता डा. चन्द्र ढकालले बताए ।

प्रारम्भिक रुपमा करिब ८ सय टर्की नष्ट गर्न र सो क्षेत्र निसंक्रमण गर्न बुधबार बिहानै देखि प्राविधिक खटिएको प्रवक्ता ढकालले जानकारी दिए । अस्वभाविक रुपमा टर्की मृत्युको सूचना पछि विभागले नमूना संकलन गरेर केन्द्रीय प्रयोगशालामा रियलटाइम पिसिआर विधिबाट गरेको परिक्षण बर्डफ्लु पुष्टि भएको हो ।

हामी अहिले संक्रमण थप फैलन रोक्न काम गरिरहेका छौं । प्रवक्ता ढकालले भने । व्यवसायीक प्रयोजनका लागि किसानले फर्ममा पालेको टर्कीमा उक्त संक्रमण पाइएको विभागले जनाएको छ । पन्छी नष्ट र निसंक्रमण विधि सकिएपछि बुधबार साँझसम्म बिष्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको विभागले जनाएको छ । काठमाडौंको तारकेश्वर, ललितपुरको नख्खु लगायतका क्षेत्रमा केही महिना अघि लोकल कुखुरा र टर्कीमा बर्डफ्लु पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...