माधव नेपाल र बाबुराम भट्टराईले छुट्टै पार्टी बनाउने, नाम र चिन्ह गोप्य



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्युत गराउने प्रयास असफल भएपछि माधव नेपाल र बाबुराम भट्टराईलगायतले छुट्टै पार्टी गठन गर्न छलफल सुरु गरेको छ ।  भट्टराईले समाजवादी केन्द्र नामक पार्टी निर्माण गर्न माधव नेपालसमक्ष प्रस्ताव राखेकोमा नेपाल सकारात्मक हुनुभएको बुझिएको छ । माओवादी अध्यक्ष प्रचण्ड, उपेन्द्र यादव, मोहन वैद्य र माधव नेपाललाई समेत समेटेर पार्टी बनाउने योजना बाबुराम भट्टराईले बनाएको बताइन्छ भट्टराईको प्रस्तावप्रति माधव नेपाल सकारात्मक भएपनि प्रचण्ड, उपेन्द्र यादव र वैद्य सहमत हुन बाँकी छ ।

जनता समाजवादी पार्टी आफ्नो काबुमा नरहने छर्लङ्ग भएपछि बाबुराममा छटपटी बढेको महसूस निकटवर्तीहरूले गरेका छन् । अत्यन्त महत्वाकाङ्क्षी र अस्थिर छवि बनाएका भट्टराई सुरुमा काङ्ग्रेसनिकट, त्यसपछि ऋषिकेश शाहसङ्गको सहकार्य, त्यसपश्चात् नेकपा चौम, मशाल र मसाल एवम् जनमोर्चा, माओवादी तथा नयाशक्ति हुँदै यतिबेला जनता समाजवादी पार्टीमा आबद्ध हुन आइपुगेका हुन् । अब बन्ने बाबुरामको पार्टी दशौँ हुनेछ। यसरी बाबुराम सबैभन्दा धेरै पार्टी चहार्ने नेताको रेकर्ड राख्न सफल भएका छन् ।

समाजवादी केन्द्र बहुराष्ट्रिय राज्य, जातिवाद, सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षताको कट्टर हिमायती हुने बताइएको छ । प्रचण्डसङ्गको सल्लाहपछि बाबुराम ‘अतिवादी बामपन्थी’हरूलाई एकीकृत बनाउन लागिपरेको बताइन्छ। नयाँ बन्ने पार्टीमा आफ्नो हैसियत के हुने भन्ने टुङ्गिएपछि मात्र उपेन्द्र, माधव, वैद्य र प्रचण्डको संलग्नता रहने समाचार सूत्रको दाबी छ।

मधेशमा जनमत सङ्ग्रहमार्फत देशविगरेर एउटा देश खडा हुने र आफू पहिलो राष्ट्रपति बन्ने सपना देखेका सीके राउतले आफ्नो उद्देश्य झल्काउने गरी जनमत पार्टी नामको दल खोलेर आफ्ना गतिविधि सञ्चालन गरिरहे झैँ जनवादी क्रान्ति सम्पन्न भैसकेकोले अब समाजवादमा जानुपर्छ भन्ने उद्देश्यका साथ क्रियाशील प्रचण्ड सबैखाले कम्युनिस्ट र बहुराष्ट्रिय राज्यका पक्षधरहरूलाई समाजवादी केन्द्रमा समेटिने बताइएको छ । सकेसम्म छिटो त्यस्तो पार्टी गठन गर्न सके आगामी संसदीय निर्वाचनमा ठूलो उपलब्धि हासिल हुन सक्ने ठम्याइ भट्टराईको भएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...