उपेन्द्रलाई महन्थले सोधे ७ बुँदे स्पष्टीकरण



हाम्रो इकोनोमि

 

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई ७ बुँदे स्पष्टीकरण सोध्नुभएको छ ।
जेठ ११ गते सोधिएको स्पष्टीकरणमा ठाकुरले जेठ ८ र ९ गते स्थगित गरिएको बैठक के कारणले बोलाएर एकल अध्यक्षता गरी पार्टी हित विपरित निर्णय गरेको भनि स्पष्टीकरण माग्नु भएको हो ।

त्यस्तै पछिल्लो समयमा आफूले रोक्दा रोक्दै अनधिकृत रुपमा एकल अध्यक्षतामा निरन्तर पार्टी केन्द्रीय कार्यकारिणी समितिको तथाकथित बैठकहरु बसी पार्टी हित विपरित विभिन्न खाले निर्णय किन गरेको भन्ने प्रश्न ठाकुरले गर्नुभएको छ । ठाकुरले मधेश आन्दोलनका माग पूरा गराउन र बन्दी रिहाई तथा अधिकार प्राप्तिको निम्ति अपूर्ण रहेको संविधान संशोधन,नागरिकता सम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले गठित कार्यदलले गरेका कामले कहाँ ठेस पुग्यो भन्ने प्रश्न समेत यादवलाई गर्नुभएको छ ।

ठाकुरले संसदीय दलको निर्णय वमोजम संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्नु पर्नेमा त्यस विपरित शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन कुन कारणले हस्ताक्षर गरियो भन्न पश्न समेत यादवलाई सोध्नुभएको छ ।ठाकुरले सर्वोच्च अदालतमा पार्टी निर्णय विपरित रिट लिएर गएकोमा समेत स्पष्टीकरण माग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...