माधव नेपालले आफ्नै पार्टीको अध्यक्ष र सरकार बिरुद्ध गम्भिर अपराध गरे : उपप्रधानमन्त्री पाेखरेल



हाम्रो इकोनोमि

 

नेकपा (एमाले)का महासचिव एवं उपप्रधानमन्त्री ईश्वर  पाेखरेलले अब नेकपा एमाले नयाँ ढंगले अघि बढाउने बताउनुभएकाे छ । आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रेस चाैतारी नेपालका अगुवाहरुसँगकाे छलफलमा उपप्रधानमन्त्री पाेखरेलले अब कम्युनिस्ट आन्दोलन र एमाले नयाँ ढंगले अघि बढ्ने बताउनुभयाे ।

नेकपा एमालेको अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको सरकार ढालेर जनमतविपरित नेपाली काँग्रेसको गठबन्धनमा सामेल हुन र जनमतलाई घात गर्ने माधव कु नेपालले गरेका अपराधहरू मध्यको एक ठुलो अपराध हो  उनले भने ।

उपप्रधानमन्त्री पाेखरेलले पार्टी एकताकाे समयमा प्रवेश गरेकाे विषक्तताकाे केही नेतालाई प्रभावित गराएकाे भन्दै आफ्ना पार्टीका नेताकाे विरुद्धमा विपक्षीलाई हस्ताक्षर बुझाउने कुकृत्य भएकाे बताउनुभयाे । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जालसाजी, कृत्ये र हस्ताक्षर दुरूपयोग गरी २७ जना सांसदको साथ रहेको कथित लिखित फर्जी समर्थन गर्ने माधव नेपालले निच र घटिया काम गरेको उपप्रधानमन्त्री पोखरेलले बताउनु भयो ।

ढाडमा टेकेर टाउकाेका हान्न माहिर प्रचण्ड र लाेभ, कुण्ठा र ईष्याले भरिएका माधवकुमार नेपालकाे दाेस्तीले पार्टीमा विभाजन देखा परेकाे बताउँदै उहाँले अब कम्युनिस्ट आन्दोलन नयाँ ढंगबाट अघि बढ्ने स्पष्ट पार्नुभयाे ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...