योगेश भट्टराईले खनाल-नेपाल समूह छोडे



हाम्रो इकोनोमि

 

एमाले नेता एवम् सांसद योगेश भट्टराईले खनाल-नेपाल समूह छोडेका छन्। नेकपा हुँदै सुरु भएको विवादमा माधव नेपाललाई साथ दिँदै आएका नेता भट्टराईले नयाँ सरकार गठनको निर्णायक दिन नेपालको साथ छाडेका छन्।

पार्टीभित्र देखिएको अन्तरविरोधमा वरिष्ठ नेता खनाल र नेपाल समूहमा रहेका नेता भट्टराईले शुक्रबारदेखि यो समूह छोडेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै मन्त्री पदबाट राजीनामा दिएका भट्टराई अन्ततः ओली समूहमै फर्किएका छन्। संविधानको धारा ७६ को उपधारा ५ अन्तरगतको सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा भट्टराईले हस्ताक्षर गरेका थिएनन्।

उनले सामाजिक सञ्जालमा स्टाटस राख्दै नेपाल समूह छोडेको संकेत गरेका छन्। पार्टी एकतालाई जोगाउन सकिन्छ कि, भनेर यस्तो निर्णय गरेको समेत उनले उल्लेख गरेका छन्।  उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरेकी, गलत गरेँ इतिहासको कठोर मूल्याङ्कनमा खडा छु।’

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...