निवर्तमान मन्त्री प्रभु साहको लामो संघर्षले आमाको नामबाट जन्मसिद्ध नागरिकता



हाम्रो इकोनोमि

 

 

निवर्तमान शहरी विकास मन्त्री एवम् कम्युनिष्ट नेता प्रभु साहको लामो संघर्ष पछि अब आमाको नागरिकताबाट पनि सन्तानले जन्मसिद्ध नागरिकता पाउने भएको छ । बिहिवार मन्त्रिपरिषद्ले ‘नेपाल नागरिकता ऐन २०६३ संशोधनसम्बन्धी अध्यादेश’ स्वीकृत गरेको छ । अब राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गर्ने बितिकै लागू भई ‘जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानले वंशजका आधारमा नागरिकता लिन पाउनेछन् । त्यस्तै बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि अध्यादेशमा समेटिएको छ ।

अध्यादेशसंगै अब विदेशी बुहारीले पनि नागरिकता लिन अब ७ वर्ष कुर्नु नपर्ने भएको छ । लाखौं युवा युवती नागरिकता नपाउँदा राज्यविहिन महसुस गरी सेवा सुविधाबाट बन्चित भएको भन्दै निवर्तमान मन्त्री प्रभु साहले सदन देखि सार्वजनिक कार्यक्रममार्फत आवाज उठाउदै आएका थिए । गत असार ७ गते नागरिकता विधेयकबारे तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको निर्णयको ठाडो विरोधमा नेकपाकै नेता प्रभु साह उभिएका थिए ।

उक्त निर्णय मधेशी जनताको भावना विपरीत रहेको भन्दै नेता साहले पुनर्विचार गर्न आग्रह गरेका थिए । उक्त निर्णयले नेपाल भारतबीच परापूर्वकालदेखि चल्दै आएको रोटीबेटीको सम्बन्ध बिथोल्ने र मधेशमा अविश्वासको वातावरण सृजना हुने भन्दै नेता साह निरन्तर नेतृत्वलाई दबाब दिदै आएका हुन् । नेता साहकै सल्लाहमा प्रधानमन्त्री ओलीले नागरिकता सम्बन्धी समस्या समाधान गर्न खोजेपनि विगतमा पार्टी भित्रकै नेताहरुले अवरोध पुर्याउदै आएका थिए । तर उनको लामो संघर्ष अहिले आएर सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...