१ सय ५३ सांसदको हस्ताक्षर सहित ओली शीतलनिवासमा



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको दावीसहित पत्र बुझाउनु भएको छ । एमालेका १ सय २१ सांसद र जनता समाजवादी पार्टी (जसपा) का ३२ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्त गर्न ओलीले पत्र बुझाउनु भएको हो ।

बहुमत सांसदको हस्ताक्षर लिएर ओली आधा घण्टा अगाडि शीतलनिवास जानुभएको हो । शीतलनिवास स्रोतले प्रधानमन्त्रीमा पुनः दावीसहित एमाले अध्यक्ष ओलीले १ सय ५३ सांसदको हस्ताक्षरसहितको पत्र बुझाउनु भएको पुष्टि गरेको छ ।

‘प्रधानमन्त्रीमा दावीसहित उहाँ (ओली)ले बहुमत सांसदको हस्ताक्षरसहितको पत्र बुझाउनु भएको छ,’ राष्ट्रपति सचिवालयका एक सदस्यले भने । उनका अनुसार राष्ट्रपति बिद्यादेवी भण्डारीले संबिधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि प्रधानमन्त्री नियुक्त गर्न दावीसहित राष्ट्रपति समक्ष पत्र बुझाइएको हो ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...