मलाई थप सरकार चलाउनु छैन, संसद विघटन हुन्छ : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नलागेकाले विश्वासका मत नलिएको बताएका छन्। दिनदिनै आफ्नो बदनाम र चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आफू दिक्क भएको पनि ओलीले बताएका छन्।

मलाई सरकार चलाउन मनै छैन, दिक्क भइसकेँ,’ शुक्रबार संम्पादकहरुसँगको अन्तरिक्रियामा ओलीले भने, ‘मलाई थप सरकार चलाउनु छैन । यस्तो असहयोगका बेला पनि सरकार चलाउन सकिन्छ । दिन दिनै बदनाम गरेको छ । चरित्र हत्या गरेको छ। विरोधका लागि विरोध गरेको छ।’

ओलीले आफूलाई सरकार चलाउन मन नभएकाले राष्ट्रपतिलाई अर्को प्रक्रिया शुरु गर्न सिफारिस गरेको बताए। ‘चलाउने भए मैले विश्वासको मत माग्नुपथ्र्यो,’ ओलीले भने, ‘ मलाई चलाउनु छैन, त्यसकरण राष्ट्रपतिलाई अर्को प्रक्रिया शुरु गर्नुहोस् भने ।’

यद्यपि ओलीले नयाँ प्रक्रियामा सरकारको दावी भने गर्ने बताए। ‘म दावी गर्ने पक्षमा छु,’ उनले भने, ‘प्रतिनिधिसभा सदस्यको हैसियतमा मैले दावी गर्न सक्छु । म सँग १२१ मत छ । १२१ मसँग भएको हुनाले अलिक सजिलो होलाकी भनेर म कोसि गरिरहेको छु । त्यसमा राष्ट्रपतिलाई भरपर्दो आधार लागेर नियुक्त गर्नुभयो भने सरकार चलाउँछु । अनि एक महिनाभित्र विश्वासको मत लिन्छु ।’ विश्वासको मत नपाए संसद विघटन भएर चुनावमा जाने बताए।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...