महन्थ ठाकुर पक्ष फेरि तटस्थ बस्ने



हाम्रो इकोनोमि

 

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने भएको छ । यससँगै संसद (प्रतिनिधिसभा) भंग गरेर फेरि मध्यावधि चुनाव घोषणाको सम्भावना बढेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् । तर संसदको बहुमतमा निर्णायक मानिएको जसपाको ठाकुर पक्षले फेरि पनि तटस्थ बस्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको बैठकले सरकार गठनको प्रक्रियामा सहभागी नहुने निर्णय गरेको । अध्यक्ष ठाकुरले भने, ‘हामीले त सुरुदेखि नै तटस्थ बस्दै आएका छौं । अहिले पनि हाम्रो अवस्था त्यही छ ।’

आफूहरुको माग सम्बोधन गरिररहेकाले प्रधानमन्त्री ओलीको विपक्षमा जान नसक्ने उनले बताए । उनका अनुसार नागरिकतासम्बन्धी माग सम्बोधन गर्न सरकारले अध्यादेश ल्याएको छ भने संविधान संशोधनका लागि कार्यदल बनेको छ । कार्यदलमा एमालेका अग्नि खरेल, कृष्णभक्त पोखरेल र विष्णु रिमाल छन् भने जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुल्क रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...