नयाँ प्रधानमन्त्रीमा महन्थ ठाकुरको नाम प्रस्ताव



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका छन् । शुक्रबार बिहान पत्रकारहरूसँगको प्रतिक्रियामा यादवले ठाकुरलाई प्रधानमन्त्रीका रुपमा अगाडि सारिने बताए । उनले अन्य दलहरूसँग परामर्श गर्ने बताएका छन् । उनले दलका नेताहरूसँग सम्वाद शुरु भएको पनि बताएका छन् ।

उनले अहिलेको अवस्थामा ठाकुर प्रधानमन्त्रीका लागि उपयुक्त पात्र भएको बताएका छन् । महन्थ ठाकुर प्रधानमन्त्री बन्न तयार रहेको यादवको भनाइ छ । केही दिनअगाडि जसपाका दुई अध्यक्ष ठाकुर र यादवबीच प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा नजाने बरू आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आए अगाडि बढ्ने सहमति भएको थियो ।

संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री भएका ओलीले विश्वासको मत नलिई र राजीनामा नदिई राष्ट्रपतिले बिहीबार संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार बनाउन दलहरूलाई आह्वान गरेकी थिइन् । अध्यक्ष यादवले राष्ट्रपतिको कदम संविधानविपरीत भएको बताएका छन् । अरू दलसँग परामर्श गरेर जसपा अगाडि बढ्ने उनले बताएका छन् । राष्ट्रपतिले शुक्रबार साँझ ५ बजेभित्र संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार आह्वान बनाउन समय दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...