भ्रष्टाचारीलाई छेउमा पर्नै दिन्न : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएका छन् । पार्टीका पदाधिकारीसहित सिंहदरबार पुगेका सभापति देउवाले ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री ओलीलाई जनताको जीवनप्रति जिम्मेवार रहन आग्रह गरेका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल भने गएका थिएनन् । कोरोनाविरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराउन, अक्सिजनको अभाव अन्त्य गर्न र खोप खरीदमा भएको अनियमितताको छानबिन गर्न माग समेत गरेका छन् ।

खोप किन्ने कुरामा पनि भ्रष्टाचार गरेको कुरा आयो । यो त अति भयो नि’, देउवालाई उद्धृत गर्दै कांग्रेस सह-महामन्त्री डा. प्रकाशशरण महतले भने । जवाफमा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सरकारले दिनरात प्रयत्न गरेको र भ्रष्टाचारको आरोप निराधार रहेको बताए । ‘भ्रष्टाचारीलाई छेउ पर्न दिन्न । दिनरात नभनी सरकारले काम गरेको छ’, ओलीको जवाफ थियो ।

भेटमा सभापति देउवाले कोरोनाको तेस्रो लहरको चेतावनी विज्ञहरुले दिइसकेकाले बेलैमा तयारी गर्न सरकारलाई सुझाएका थिए । ‘बालबालिकालाई धेरै असर गर्नसक्ने कुरा छ । बेलैमा सरकारले विशेष व्यवस्था गरोस्’, देउवाले भने । कोरोनाका विषयमा कुरा गर्न आफू आएको भन्दै छलफल सुरु गरेका सभापति देउवाले सरकारको आलोचना गरेका विषयमा प्रधानमन्त्रीले खण्डन गरेका थिए । ‘कोरोना नियन्त्रणका लागि तपाईंहरूले दिएको सुझाव ग्रहण गर्छु तर सरकारले केही नगरेको होइन’, ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...