बादललाई हराउन माधवको माओवादी र कांग्रेससँग गोप्य साँठगाँठ, एकताको ‘च्याप्टर क्लोज’



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा पार्टी उम्मेद्वार रामबहादुर थापा, बादल पराजीत भए एमालेभित्र जारी एकता प्रक्रियाको च्याप्टर क्लोज हुने प्रष्ट सन्देश दिनुभएको छ । पार्टीभित्रको बिवाद समाधान गर्न कार्यदल गठन गरी छलफल अघि बढिरहेको बेला बरिष्ठ नेता माधवकुमार नेपालको सचिवालय र उहाँ निकट बागमति प्रदेशका नेताहरु पार्टी उम्मेद्वार थापालाई हराउन माओवादी र कांग्रेससँग गोप्य साँठगाँठ गरेको तथ्य पाएपछि अध्यक्ष ओलीले आज अपिल नै जारी गरेर यस्तो सन्देश दिनुभएको हो ।

नीति र नेतृत्वलाई दह्रो साथ दिएर एमाले रोज्नुभएका नेता थापालाई माओवादी कार्वाही गरेपछि पदमुक्त भएको राष्ट्रियसभामा भोलि बिहीवार निर्वाचन हुँदैछ । बागमति प्रदेशमा एमालेको एकल बहुमत रहेको छ । सो निर्वाचनमा माओवादी र कांग्रेसले खीमलाल देवकोटालाई उम्मेद्वार बनाएको छ । पार्टीभित्र बिवाद समाधान गर्न कार्यदलले तीब्र गतिमा काम गरिरहेको र एक आपसमा अन्तरबिरोध हुने कुनै पनि काम नगर्न नेता–कार्यकर्तालाई अपिल गरेको केही समयमै माधव नेपालको सचिवालयले राष्ट्रियसभा निर्वाचनमा पार्टी उम्मेद्वारलाई मतदान गर्ने बिषयमा अन्यौल सिर्जना गर्ने गरी आपत्तिजनक बिज्ञप्ती जारी गरेपछि अध्यक्ष ओलीले नै आज एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई सूर्यमा मतदान गरी बादललाई जिताउन निर्देशन दिनुभएको छ । आफ्नो अपिलमा अध्यक्ष ओलीले गम्भीर बिषयसमेत उठान गर्नुभएको छ ।

‘अहिले पार्टीभित्र देखापरेका समस्याको समाधान गरी पार्टीलाई एकताबद्ध बनाउनका लागि कार्यदल बनेर कामसमेत सुरु भइसकेको छ । यस परिप्रेक्ष्यमा पार्टी एकतालाई सुदृढ गर्न योगदान गर्नु हामी सबैको कत्र्तव्य हो । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो,’ माधव समुहलाई प्रष्ट सन्देशसहित अध्यक्ष ओलीले भन्नुभएको छ, ‘यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन ।’

ओलीको यो भनाईले माधव समुहबाट माओवादी–कांग्रेस उम्मेद्वारलाई सघाएर पार्टी उम्मेद्वार थापालाई हराउने काम भएमा एमालेभित्र अघि बढाइएको एकताको च्याप्टर नै क्लोज हुने प्रष्ट पारेको छ । ‘पार्टीको उम्मेद्वार हराउन लागेमा अहिलेसम्मको सवै प्रयाश बिफल हुनेछ, यस बिषयमा अध्यक्षको अपिलले प्रष्टै पारेको बुझ्न सकिन्छ,’ एमाले कार्यदलका एक सदस्यले  भने । ती नेताका अनुसार कार्यदलसमेत बादललाई जिताउने बिषयमा निकै गम्भीर बनेको छ । उनले भोलिको निर्वाचनले माधव नेपालको राजनीतिक भविश्यको निर्धारण गर्ने बिश्लेषणसमेत सुनाए ।

अध्यक्ष ओलीले बादलको जीतले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्याउने पार्टी निश्कर्ष पनि राख्नुभएको छ । ‘जेठ ६ गते वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीका उम्मेदवार हुनुहुन्छ । उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता हुुनुहुन्छ । उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पु¥याउने छ । तसर्थ, यस निर्वाचनमा एकतावद्ध भएर आप्mनो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु,’ ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...