जसपाले प्रधानमन्त्री ओलीलाई विश्‍वासको मत दिने



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने पहल थालेका छन् । यसका लागि उनी एमालेभित्रको विवाद मिलाउन र जनता समाजवादी पार्टी (जसपा)लाई साथमा लिने प्रयन्तमा छन् ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिन प्रस्ताव राखेका थिए । तर, उनले विश्वासको मत पाउन सकेनन् । प्रधानमन्त्रीले विश्वासको मत नपाउनुको कारण थियो– एमाले वरिष्ठ नेता माधव नेपाल पक्षका २८ सांसदको अनुपस्थिति । अनि जसपा सांसदहरुको विभाजन ।

जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका १५ जना सांसदले तटस्थ बसेर ओलीलाई सहयोग नै गरे, विपक्षीलाई नयाँ सरकार बनाउन दिएनन् । तर, उपेन्द्र यादव पक्षका १५ जना सांसदले ओलीको विपक्षमा मत दिए । प्रधानमन्त्री ओलीको पक्षमा ९३ मत, प्रस्तावको विपक्षमा १२४ मत परेको थियो । प्रतिनिधिसभामा हाल २७१ सदस्य छन् । विश्वासको पाउन बहुमत सदस्य १३६ मत आवश्यक पर्छ ।

प्रतिनिधिसभामा हाल नेकपा एमालेका १२१, कांग्रेसका ६१ (२ जना निलम्बित), माओवादी केन्द्रका ४९, जनता समाजवादी पार्टीका ३२ (२ जना निलम्बित) तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक÷एक र एक जना स्वतन्त्र सांसद छन् ।

एमालेको आन्तरिक विवाद मिल्यो भने प्रधानमन्त्री ओलीले विश्वासको मत पाउने कि नपाउने भन्ने विषयमा जसपा निर्णायक हुने देखिन्छ । संसदको अंकगणितलाई हेर्दा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन जसपा निर्णायक छ । एमालेका संग १२१ सांसद छन् । हाल ३२ सांसद रहेको जसपाले एक भएर साथ दिएको खण्डमा प्रधानमन्त्रीले सुविधाजनक बहुमत पाउँछन् ।

त्यसैगरी जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षमा विभाजित १५–१६ सासंद मध्ये कुनै समुहका सांसदले साथ दिएको खण्डमा पनि ओलीलाई बहुमत पुग्नसक्छ । तर यसका लागि उनले पार्टीभित्रको माधव नेपाल पक्षलाई मिलाउनु जरुरी छ । प्रधानमन्त्रीले विश्वासको मत पाउन सकेनन् भने सरकार गठनको अर्को प्रक्रिया शुरु हुन्छ । संविधानको ७६ को उपधारा ५ को बाटो खुला हुन्छ ।

एकल बहुमत, दुई वा दुई भन्दा बढी दलको बहुमत र ठूलो दलको नेतृत्वमा समेत सरकार बन्न नसकेको अवस्थामा प्रतिनिधिसभाको कुनै सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था संविधानको धारा ७६ को उपधारा ५ मा छ ।

उपधारा ५ अनुसार सरकार गठन हुन नसके वा त्यस्तो सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिन नसके बहाल रहेका प्रधानमन्त्रीले संसद विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।

उपधारा ५ अनुसार फेरि ओली नै प्रधानमन्त्रीमा पुनः नियुक्त हुन सक्ने कतिपयको आंकलन छ । तर त्यसबेला विश्वासको मत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गरेमा विपक्षी गठबन्धनको कुनै सासंद पनि प्रधानमन्त्री हुन सक्छ । यो बेला पनि जसपाले कसलाई साथ दिन्छ भन्ने विषयले निर्णायक अर्थ राख्छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...