महन्थ ठाकुरको शरणमा उपेन्द्र र बाबुराम



हाम्रो इकोनोमि

 

पार्टी फुटाउन अग्रसर जसपा अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई अन्तत प्रथम अध्यक्ष महन्थ ठाकुरसँग वार्ता गर्न तयार भएका छन् । शनिवार आफूपक्षीय कार्यकारिणी समिति बैठक राखेर उपेन्द्र र बाबुरामले पार्टीमा देखिएको विवाद समाधानका लागि अर्का अध्यक्ष महन्थ ठाकुरसँग अन्तिम पटक छलफल गर्ने निर्णय गरेको हो ।

आफ्ना कारण पार्टी फुट्ने अवस्था आएपछि उपेन्द्र महन्थसँग वार्ताका लागि तयार भएका हुन् । महन्थले मधेसका एजेण्डाको राजनीति गरेको, सत्ता गठबन्धनमा तटस्थ बसेका बहुमत सांसदहरु उतातिर लागेपछि उपेन्द्र अफ्ठेरोमा परेका छन् । सत्ताका लागि मरिहत्ते गर्ने उपेन्द्रको स्वभाव नै हो ।

त्यसमाथि बहुमत सांसदले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चुनेपछि उपेन्द्र पार्टीभित्र एक्लिएका छन् । यस्तो अवस्थामा महन्थसँग मिलेर जानुपर्ने महसुस गर्दै वार्ताका लागि तयार भएका हुन् । उपेन्द्र समूहका कार्यकारिणी सदस्य इस्तियाक राईले बैठकमा महन्थ पक्षसँग वार्ता गर्ने समझदारी भएको बताए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...