प्रधानमन्त्री ओलीलाई राती सुटुक्क भेटे बाबुरामले



हाम्रो इकोनोमि

 

 

पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे गरेको कुरा स्वीकार गर्नुभएको छ । उहाँले आफूले प्रधानमन्त्री भइसकेका बाहेक व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन भनेको दावी गनुएभएको छ । भट्टराईले उक्त कुराको संकेत गर्दै गत बुधबार नै ट्वीट गर्नुभएको थियो । तर नेकपा एमालेका नेता महेश बस्नेतले भट्टराईले राती राती बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन आग्रह गरेको कुरा सार्वजनिक गरिदिनु भएको थियो ।  डा. भट्टराईले आफुलाई प्रधानमन्त्री बनाई दिनुपरो अव म २ वर्षमात्र राजनीति गर्ने हो । उमेर पनि जान लाग्यो मलाई सहयोग गर्नुपरो भनि २ दिन सम्म बालुवाटार पुगेको नेता बस्नेतले बताउनु भएको छ ।

यसबारे भट्टराईले आज ट्वीटमार्फत् प्रष्टीकरण दिनुभएको हो ‘प्रधानमन्त्रीले दूतमार्फत् बोलेकाले बोल्नैपर्ने भयो– महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली होइन प्रधानमन्त्री ओलीलाई भेटेकै हो।’ भट्टराईले उक्त भेटमा आफूले प्रधानमन्त्री भइसकेकाबाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाएर जानुपर्ने बताएकोसमेत उल्लेख गर्नुभएको छ । ‘मैले वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुँ। अझै पनि धारा ७६ (५) बमोजिम बनाउन सकिन्छ, सोचौं।’

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...