११ देशमा राजदूत नियुक्तिको सिफारिस (नामसहित)



हाम्रो इकोनोमि

 

सरकारले अष्ट्रेलियासहित ११ वटा देशमा राजदुत नियुक्त गर्न सिफारिस गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिनुभएको जानकारी अनुसार दक्षिण कोरिया, श्रीलंका, अस्ट्रेलिया, बहराइन, म्यानमार, अस्ट्रिया, डेनमार्क, इजिप्ट, रुस, साउदी अरेबीयामा राजदुत सिफारिस गरिएको हो ।

सरकारले परराष्ट्र सेवाबाट सहसचिव निर्मलराज काफ्लेलाई अस्ट्रिया र जीवनप्रकाश श्रेष्ठलाई इजिप्टका लागि राजदूत सिफारिस गरेको छ । सिफारिसमा परेकाहरुमा तत्कालीन विराटनगर नगरपालिकाका पूर्वमेयर रमेशचन्द्र पौडेल श्रीलंका, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा राजनीतिशास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मालाई दक्षिण कोरिया, सुम्निमा तुलाधर अस्ट्रेलिया सिफारिस हुनुभएको छ । तुलाधार वामपन्थी नेता पद्मरत्न तुलाधरकी छोरी हुनुहुन्छ । यसैगरी जंगबहादुर (जंगब) चौहानलाई रुसका लागि प्रस्ताव गरिएको छ ।

यस्तै, पुराना नेता नारायणप्रसाद संग्रौला म्यान्मार र पूर्वमन्त्री युवराज कार्की बहराइनका लागि राजदूत सिफारिस हुनुभएको छ । यसैगरी ब्राजिलमा कुलप्रसाद नेपाल, डेनमार्कमा दमककी सुमित्रा सुवेदी भण्डारी र साउदी अरेबियाको राजदूतमा मेराज मुसलमानलाई प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...