प्रधानमन्त्री ओलीले नेपाल–ठाकुर समूहलाई समावेश गर्ने



हाम्रो इकोनोमि

 

नवनियुक्त प्रधानमन्त्री केपी ओलीले आज पद तथा गोपनीयताको सपथ लिँने भएका छन् । शीतल निवासमा राष्ट्रपति समक्ष सपथ लिएपछि ओलीले आजनै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्नेछन् । मन्त्रिमण्डलमा ओलीले एमालेका वरिष्ठ नेता माधव नेपाल र जसपाका अध्यक्ष महन्थ ठाकुर समूहका केही सांसदहरूलाई समेटेर मन्त्री बनाउने प्रयास गरेका छन् । जसपाले तत्काल सरकारमा नजाने बाहिर बसेर समर्थन गर्ने जनाएको छ ।

विपक्षी दलहरूले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः नियुक्त भएका ओलीले दिउँसो २ बजे सपथ लिने कार्यक्रम छ । अबको ३० दिनभित्र संसदमार्फत प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत लिन नसके संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको प्रक्रिया शुरु हुनेछ ।

७६ को उप–धारा ५ मा प्रधानमन्त्रीले विश्वासको मत लिन नसके प्रतिनिधिसभाका कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने आधार तय गर्न सकेमा राष्ट्रपतिले त्यस सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था छ । धारा ५ अनुसार बनेको प्रधानमन्त्रीले पनि विश्वासको मत लिन सक्नुपर्छ । त्यसो हुन नसके देश मध्यावधी चुनावमा जान्छ । सबै विकल्प समाप्त भएमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को चुनावको मिति घोषणा गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...