कांग्रेस–माओवादीको निष्कर्ष : सरकार गठनको सम्भावना सकियो



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले बहुमतीय सरकार गठनको सम्भावना टर्दै गएको निष्कर्ष निकालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भएको भेटमा नेकपा एमालेमा भइरहेको सहमतिको प्रयास र जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको अडानबारे छलफल भएको थियो ।

एक नेताका अनुसार एमालेमा अध्यक्ष केपी शर्मा ओली जेठ २, २०७५ मा फर्किन तयार भए माधवकुमार नेपाल पक्षले राजीनामा नदिने देखिएको छ । र, ओली पक्षले जेठ २ मा फर्किन सहमति जनाउने सम्भावना छ । यसबारे ओली र नेपालबीच वार्ता भइरहेको छ ।

जसपाका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतोले बिहीबार विहान देउवालाई भेटेर नयाँ सरकार गठनमा साथ नदिने बताइसकेका छन् । माओवादी केन्द्रका एक नेता भन्छन्, ‘बहुमतको सरकार गठनको सम्भावना लगभग सकिएको छ ।’ एमालेमा प्रधानमन्त्री ओली र माधवकुमार नेपालबीच भइरहेको वार्ताको निष्कर्ष आएपछि थप भन्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...