जेठ २ मै पुगेर एमालेलाई जोगाउँने तयारी



हाम्रो इकोनोमि

 

अर्थमन्त्री विष्णु पौडेल र माधव नेपाल पक्षका नेताहरू घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईबीचको पछिल्लो संवादपछि एमाले एकता कायमै राख्ने ढंगले नेताहरू बहुपक्षीय वार्तामा जुटेका छन् । आजको संसद बैठकमा विश्वासको मत दिने बेलासम्म पनि अध्यक्ष केपी शर्मा ‌ओलीले ‘फेस सेभिङ’ को लागि सम्बोधन गरे पनि संसदमा उपस्थित हुने सन्देश माधव पक्षका दोस्रो तहका नेताले पठाएका छन् ।

वार्तामा सहभागी नेताहरूले सकेसम्म नेपाल पक्षका सांसद प्रधानमन्त्रीको पक्षमा उभिने वातावरण बनाउन लागिएको बताएका छन् । उनीहरू ओलीबाट सकारात्मक जवाफ पर्खेर बसेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुमति लिएरै अर्थमन्त्री तथा एमाले संगठन विभाग प्रमुख विष्णु पौडेल संवादमा सक्रिय छन् । पौडेलसँगको छलफलपछि घनश्याम, योगेश र गोकर्ण लगायतका नेताहरु सिंहदरबारमै नेताहरूसँग टेलिफोन र भेटघाटमार्फत कुरा गरिरहेका छन् ।

माधव नेपाललाई पनि लचिलो बन्ने गरी मनाउन उनी निकट केही सांसदहरुलाई कोटेश्वर पठाइएको थियो । २०७५ जेठ २ कै सेरोफेरोमा रहेर एमालेको विवाद मिलाउने र एउटा उच्चस्तरीय कार्यदल गठन गर्ने कुरा चार नेताको छलफलमा भएको छ ।

दुवै पक्षले आ-आफ्ना शीर्ष नेतृत्वलाई जानकारी गराउने र एमालेलाई संसदमा विभाजित अवस्थामा नपुर्‍याई सबै सांसद एक ठाउँमा उभिने वातावरण बनाउने प्रयास भइरहेको ती नेताले बताए । यसबीचमा ओली र माधव नेपालबीच टेलिफोनमा कुराकानी गराउने र जेठ २ को सेरोफेरोमा एमालेलाई लैजाने ढंगले सकारात्मक कुराकानी भएको नेताहरूको भनाइ छ ।

वार्तामा सहभागी एक नेलो भने, ‘माधव कमरेड र भीम रावल कमरेडमा अलि समस्या देखिएको हो तर हामीले पार्टी विभाजनमा लाग्दैनौं भनेपछि उहाँहरुले मात्र निर्णय लिन सक्ने कुरा पनि भएन । जेठ २ का वरिपरि पुगेर एमालेलाई जोगाउँ, माओवादीबाट आएका कमरेडहरुलाई पनि समायोजन गर्न सकिन्छ । यो कुरामा सम्बोधन हुनासाथ कुरा मिल्छ ।’ अहिले माधव नेपाल पक्षका सांसदहरू सिंहदरबारस्थित लेखा समितिको हलमा बसेर संसदको लाइभ हेरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...