ह्वीप उल्लंघन गरे कारवाही हुन्छ : उपनेता नेम्वाङ



हाम्रो इकोनोमि

 

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीले विश्वासको मत दिने बैठकमा सत्तापक्षका सांसद अनुपस्थित हुनु कानूनी रूपमै कारवाहीको विषय बन्ने भएकाले सबै सांसदलाई संसद बैठकमा उपस्थित हुन आग्रह गरेका छन् । संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले अनुृपस्थित रहनु संसदीय दलको ह्वीप उल्लंघन हुने र त्यो कारवाहीयोग्य विषय बन्ने बताए । नेम्वाङले दलका मुख्य सचेतकले लिखित ह्वीप जारी गरिसकेको हुनाले सबै सांसदलाई अनिवार्य लागु हुने बताए ।

उनले भने, ‘मुख्य सचेतक विशाल भट्टराईमार्फत ह्वीप जारी भइसकेको छ । कुनै सांसद बैठकमा अनुपस्थित रहनु भएको ह्वीप उल्लंघन हो । मलाई विश्वास छ एमालेका कुनै पनि सांसद अनुपस्थित हुनु हुने छैन । उल्लंघन भयो भने कानुन बमोजिम कारवाही हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...