एमाले फुटाउन सल्लाह दिदै वामदेव



हाम्रो इकोनोमि

 

नेकपा एमालेका नेता तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले माधव नेपाल र झलना खनालले एमाले विभाजन गरेर अर्को पार्टी बनाएमा आफू त्यसमा सामेल हुने बताएका छन् ।

गौतमले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरेपछि आफ्नो दुई बुँदे धारणा सार्वजनिक गरेका हुन् । गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीका अनुसार ओलीले २०७५ जेठ २ मा एमालेलाई फर्काउन नमानेपछि आफ्नो साथ नरहेको प्रष्ट पारेका छन् । ओलीले आफू अघि बढिसकेको बताउँदै साथ दिन आग्रह गरेपछि गौतमले भनेका छन्, ‘त्यसो भए म तपाईको साथमा छैन ।’

माधव नेपालहरूका सन्दर्भमा गौतमले भनेका छन्, ‘वरिष्ठ नेता क. माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरूले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरू बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरूले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु  प्रतिनिधिसभामा गौतम पक्षका एकजना सांसद गौतम पत्नी तुलसा थापा छन् भने राष्ट्रियसभामा गौतम आफूमात्र छन् नेपाल प्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...