सामूहिक राजीनामा दिने कुरामा सांसदहरू नै विभाजित



हाम्रो इकोनोमि

 

 

सामूहिक राजीनामाबाट  माधव समूह पछिहटेको छ । यद्यपि राजीनामा दिने कि अनुपस्थित हुने भन्ने बारे माधव समूहका नेता छलफलमै छ । सामूहिक राजीनामा दिने निर्णयप्रति एमालेको माधव नेपाल समूहका सांसदहरू नै विभाजित भएपछि स्थायी कमिटीका नेताहरू छलफलमा जुटेका छन् ।

सिंहदरबारमा बसेको सांसदहरूको बैठकमा राजीनामा दिएर पनि केपी ओलीकै सरकार निरन्तर रहने गरी राजनीति अघि बढ्यो भने के गर्ने ? भन्ने प्रश्न समेत उठेको थियो । केही सांसदले राजीनामा दिएर आत्मघाती बाटोमा जानुभन्दा आजको संसद बैठकमा अनुपस्थित रहेर अझै विकल्पहरु बाँकी राख्ने सुझाव दिएपछि माधव नेपाल अहिले स्थायी कमिटी सदस्यहरूसँग छलफलमा छन् ।

अध्यक्ष केपी शर्मा ओलीले छलफलका लागि आह्वान गरेको अवस्थामा राजीनामा दिँदा आफूहरूसँग कुनै विकल्प बाँकी नरहने सुझाव आएको एक सांसदले बताए । बैठकमा उपस्थित भएका समिना हुसेन र पार्वती विसुंखे राजीनामा नदिने भन्दै बाहिरिएका थिए । आजको बैठकमा २८ जना सांसद सहभागी भएको नेता झपट रावलले बताए

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...