सामूहिक राजीनामाबारे केही थाहा छैन, म सञ्चो नभएर घरमा सुतिरहेको छु– सुरेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरूले सामूहिक राजीनामा दिने चर्चाका बीच सो समूहका केही प्रभावशाली नेताहरूले त्यसबारे अनविज्ञता प्रकट गरेका छन् । नेपाल पक्षका २० जना जति सांसद्ले आइतवार सामूहिक राजीनामा दिने तयारी गरेको चर्चा हिजोदेखि चलिरहेको छ । खनाल–नेपाल पक्षका प्रभावशाली नेता सुरेन्द्र पाण्डेले भने राजीनामाबारे आफूलाई थाहा नभएको बताए ।

‘मलाई थाहा छैन । म सञ्चो नभएर घरमै सुतिरहेको छु,  कुराकानीमा पाण्डेले भने । पाण्डे, नेता नेपाल, भीम रावल र घनश्याम भुसालसँगै पहिलो चरणमा स्पष्टीकरण सोधिएर कारवाहीमा परेका नेता हुन् । राजीनामाबारे उनको मौनतालाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसअघि उनले संसद्मा प्रधानमन्त्री केपी ओलीको पक्षमा विश्वासको मत दिएर पार्टीभित्रै संघर्ष गर्ने अभिव्यक्ति दिएका थिए । उनी चितवनबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । खनाल–नेपाल पक्षकै सांसद हिराबहादुर केसी र राजबहादुर बुढाले पनि राजीनामा गर्न इन्कार गरेको स्रोतको भनाइ छ । नेता नेपालसहित केही सांसदले भने आइतवार राजीनामा दिने तयारी गरेको सो समूहका एक सांसदले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...