मन्त्री माग्दै ठाकुर–महतो देउवा निवासमा



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी (जसपा)का नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतोले भेटवार्ता गरेका छन् । सभापति देउवाको बुढानिलण्ठस्थित निवासमा तीन नेताहरूबीच आइतबार भेटवार्ता भएको हो । भेटमा वैशाख २७ गतेको विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी ओलीको तयारी र नयाँ सरकारका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

ठाकुर र महतो प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने पक्षमा अडान राख्दै आएका छन् । उनीहरूको दल जसपाका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई ओलीको विपक्षमा छन् । एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले समूहिक राजीनामा दिएर प्रधानमन्त्री ओलीलाई असहयोग गर्ने तयारी गरेका बेला ठाकुर र महतोले देउवासँग भेट गरेका छन् ।

देउवासँगको भेटमा के–के विषयमा कुराकानी भएको हो औपचारिक रुपमा केही भनिएको छैन । प्रधानमन्त्री ओली चारैतिरबाट दवावमा परिरहेका बेला देउवासँग ठाकुर–महतोबीच भएको भेटवार्ताले नयाँ तरंग ल्याइदिएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...