माधव पक्षका सांसदले आजै राजीनामा दिने, अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार



हाम्रो इकोनोमि

 

 

 

सत्तारुढ नेकपा एमालेभित्र पार्टी एकताको अन्तिम प्रयास भइरहेका बेला विपक्षी दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र भने माधव नेपाल पक्षका सांसदहरुको राजीनामाको प्रतिक्षामा छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने सहमति भइसकेको भएपनि त्यसअघि माधव पक्षका सांसदहरुको राजीनामा आउनुपर्ने देउवाको शर्त छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले यसअघि नै औपचारिक रुपमा अविश्वासको प्रस्ताव आए समर्थन गर्ने निर्णय गरिसकेको छ । एमाले संसदीय दल विभाजित नभएमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पारित हुन नसक्ने देउवाको आँकलन छ ।

आज बस्ने कांग्रेस संसदीय दलको बैठकले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निर्णय गर्ने सम्भावना छ । त्यसअघि नै माधव पक्षका सांसदहरुको राजीनामा आउने सहमति बनेको कांग्रेस नेताहरुको दावी छ । ‘कांग्रेस अविश्वास प्रस्ताव ल्याउन तयारी अवस्थामा छ । माधव पक्षका सांसदहरुले शनिबार नै राजीनामा दिने सहमति कार्यान्वयन हुनासाथ अविश्वास प्रस्ताव आउँछ’, एक कांग्रेस नेताले  भने ।

ती नेताका अनुसार कांग्रेस संसदीय दलको बैठकअघि नै एमाले सांसदहरुले सामुहिक राजीनामा दिने सहमति बनेको थियो । यद्यपि एमालेभित्र विभाजन रोक्ने र सहमति जुटाउने अन्तिम प्रयास चलिरहेको छ । ‘माधव पक्षले राजीनामा दिएन भने अविश्वासको प्रस्ताव आउने सम्भावना कम छ । आज संसदीय दलले निर्णय गर्नैपर्ने हो’, कांग्रेस नेताको भनाई छ ।

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ । विश्वासको मत लिनुअघि नै अविश्वासको प्रस्ताव दर्ता गर्नैपर्ने दवावमा विपक्षी दलहरु रहेका छन् । माधव पक्षका केही नेताहरुले भने अविश्वास प्रस्ताव दर्ता भएपछि पनि राजीनामा दिन सकिने बताउँदै आएका छन् । एमाले एकता कायम गर्न दुवै पक्षका दोस्रो तहका नेता आज पनि छलफलमा छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...