पार्टी एकता जोगाउन एमाले ११ जिल्ला अध्यक्षहरुको संयुक्त विज्ञप्ति



हाम्रो इकोनोमि

 

नेकपा एमालेको गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरुले पार्टी एकता जोगाउन अपिल गरेका छन् । गण्डकीका ११ जिल्ला अध्यक्षहरुले संयुक्त वक्तव्य जारी गर्दै एकता जोगाउन नेताहरुसँग आग्रह गरेका छन् ।

‘यो अन्तरसंघर्षले पार्टीलाई क्षति पु¥याइरहेको हामीले महसुस गरिरहेका छौं । कम्युनिष्ट पार्टीको इतिहास, मूल्य मान्यता र जनताप्रतिको जवाफदेहितालाई आत्मसाथ गर्दै हाम्रा आदरणीय नेताहरुलाई एकताबद्ध भई नेकपा (एमाले) पार्टीलाई जोगाउन अनुरोध गर्दछौं’, वक्तव्यमा उल्लेख छ ।

नेताहरु बसेर छलफल गर्दा पार्टीको एकता जोगिने संभावना रहेकाले संयुक्त आग्रह गरेको लमजुङका अध्यक्ष धनञ्जय दवाडीले अनलाइनखबरलाई बताए । ‘अहिलेको आवश्यकता पार्टी एकता नै भएकाले आग्रह गरेका हौं । एकैठाउँ बस्नुको विकल्प छैन’, उनले भने ।

दवाडीसहित कास्कीका कृष्णबहादुर थापा, तनहुँका केदार सिग्देल, गोरखाका प्रेमबहादुर गुरुङ, पर्वतका पदम गिरी, बाग्लुङका ईन्द्रलाल सापकोटा, म्याग्दीका हरिकृष्ण श्रेष्ठ, मुस्ताङका चन्द्रमोहन गौचन, मनाङका पाल्देन छोपेन गुरुङ र नवलपुरका अध्यक्ष रोसन गाहाले वक्तव्यमा हस्ताक्षर गरेका छन् । माओवादीबाट आएका स्याङ्जा जिल्ला अध्यक्ष सूर्यप्रसाद शर्मा (पारस) बाहेक बाँकी अध्यक्षहरु २ जेठ २०७५ अगाडिको एमाले जिल्ला अधिवेशनबाट निर्वाचित हुन् ।

‘हाम्रो माग पार्टीलाई एकताबद्ध बनाउन २ जेठ अगाडिकै अवस्था लैजान सकिन्छ भन्ने हो । एकता जोगाउन धेरै काम गर्न जरुरी नै छैन’, बाग्लुङका अध्यक्ष सापकोटाले भने । नेताहरु बीच सम्वाद हुन सकेमा पार्टी एकता जोगिने सापकोटा बताउँछन् । शीर्ष नेताहरु मिल्नेतिरभन्दा पनि विभाजित हुने र पार्टीलाई अझ कमजोर बनाउनेतिर लागिरहँदा कार्यकर्तामा चिन्ता बढेको कास्की अध्यक्ष कृष्ण थापाले बताए ।

‘अभिभावकले घरलाई हरिकंगाल बनाएर हस्तान्तरण गर्ने कि सम्पन्न बनाएर हस्तान्तर गर्ने भन्ने प्रश्न हो । जनताको लेबलमा के भइरहेको छ, के भनिरहेका छन् भन्ने न नेताहरुलाई सुन्नु परेको छ, न बसेर काम गर्नुपरेको छ,’ थापाले भने, ‘पार्टी र सत्ताको नेतृत्वमा बस्ने र हस्तान्तरण गर्ने बेलामा गरिब अवस्थामा सुम्पिन पाउनुहुन्न भन्ने हाम्रो आवाज हो ।’

 

हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...