राजेन्द्र महतो पनि प्रधानमन्त्री ओलीको बिरुद्धमा लागे



हाम्रो इकोनोमि

 

संसदको अंकगणितमा निर्णायक देखिएको जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र प्रधानमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा बहुमत सांसदहरू उभिने निश्चित भएको छ । अध्यक्ष महन्थ ठाकुरको पक्षमा रहेका नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिन राजी भएका छन् ।पार्टीले राखेका माग पूरा गरेमा सरकारलाई समर्थन दिने पक्षमा उभिँदै आएका महतोले सरकारले सबै माग पूरा नगरेको भन्दै विश्वासको मत दिन नसकिने कित्तामा आफूलाई उभ्याएका हुन् ।

‘पार्टीका माग सबै पूरा भएको भए समर्थन दिनसक्ने कुरा थियो । यथास्थितिमा सरकारलाई विश्वासको मत दिन उपयुक्त नहुनेमा हामी पुगेका छौं’, महतोनिकट एक नेताले भने । जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई लगायतका नेताहरू पहिलेदेखि नै सरकारको विपक्षमा छन् । यादव-भट्टराई पक्षले कार्यकारिणी बैठक आयोजना गरी बहुमतबाट सरकारविरुद्ध अविश्वास प्रस्ताव आए समर्थन गर्ने निर्णय लिइसकेको थियो । महतो पनि सोही पक्षमा उभिने भएपछि अध्यक्ष ठाकुर अल्पमतमा पर्ने देखिएको छ ।

पार्टी एकताका बेला आफूलाई संसदीय दलको नेता बनाउने सहमति पालनामा गम्भीर नभएको भन्दै महतोले ठाकुरको साथ छोडेको बताइएको छ । ‘पार्टी एकतादेखिका धेरै विषय छन् । ती सबै आन्तरिक कुरा हुन् तर अहिले प्रधानमन्त्रीलाई विश्वासको मत दिन हुन्न भन्नेमा पार्टीमा बलियो मत बनेको छ’, महतोनिकट नेताले भने । निलम्बित भएका २ जना बाहेक जसपासँग ३२ सांसद रहेका छन् । जसपाले संस्थागत रुपमा मत नदिएमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत पुर्‍याउन कठिन हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...