ओली एक्लै चल्ने, मलाई के-को दोष : माधव नेपाल



हाम्रो इकोनोमि

 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता जोगाउन पहल अध्यक्ष केपी शर्मा ओलीबाट हुनुपर्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि बिहीबार साँझ शीतल निवास पुगेका नेता नेपालले ओलीकै कारण एमाले यो अवस्थामा आइपुगेको बताएका हुन् ।

बिहीबार दिउँसो ओलीसँग भेटवार्ता गरेपछि राष्ट्रपति भण्डारीले नेता नेपाललाई फोन गरेकी थिइन् । अध्यक्ष केपी ओली र माधव नेपाललाई सँगै राखेर डिनरसहित कुराकानी गराउने योजना राष्ट्रपति भण्डारीले फोन गरेको नेता नेपाल निकट स्रोतले बतायो ।

‘तर बाहिर भ्रम पार्नेगरी मात्रै सँगै बस्ने कुराको अर्थ नहुने’ नेपालको जवाफ पछि राष्ट्रपति भण्डारीसँग छुट्टै कुराकानी भएको थियो । ‘धेरै लामो कुराकानी भएन । भएकै कुराकानी ठोस थिएन’, स्रोतले भन्यो ।

राष्ट्रपति भण्डारीले नेता नेपालसँग पार्टी एकता जोगाउन पहल नलिएको गुनासो गरेकी थिइन् । ‘तपाईं सिनियर नेता हुनुहुन्छ । तर पार्टी जोगाउनेगरी पहल लिनु भएन’, राष्ट्रपतिले नेता नेपालसँग पार्टी एकता जोगाउनेगरी पहल लिइदिन आग्रह गरेकी थिइन् ।

स्रोतका अनुसार नेता नेपालले उल्टै ‘केपी ओली एक्लै चल्ने अनि मलाई दोष दिएर हुन्छ ?’ भनी प्रश्न गरेका थिए । ओली पार्टी अध्यक्ष भएकाले एकताको पहल पनि उनले नै गर्नुपर्ने नेता नेपालले बताएका थिए । ‘म पार्टी प्रमुख हुँदा कहिल्यै यस्तो गरेको थिएँ ? मिलाएकै थिएँ’, नेता नेपालले राष्ट्रपतिसँग गरेको कुराकानीबारे स्रोतले भन्यो ।

नेता नेपालले २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्वमा फर्किनुपर्ने आफ्नो बटमलाइन भएको बताए । राष्ट्रपति भण्डारीले भने मिलेर जाने वातावरण बनाउन आग्रह गरिन् । गएको २८ फागुनमा अध्यक्ष ओलीले आफूनिकट नेताहरुको बैठकले पार्टी विधान संशोधन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि माधव नेपाल समूहले पनि समानान्तर गतिविधि गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...