बालुवाटार ढुक्क, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

 

एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले फागुन २८ गतेपछिको निर्णयहरू सुधार गरेर जाने पक्षमा रहेको नेता महेश बस्नेतले बताएका छन् । एक टेलिभिजन कार्यक्रममा नेता बस्नेतले माधव नेपाल समूहलाई मिलाएर लैजानका लागि फागुन २८ गतेको निर्णय संशोधन हुने बताए ।

‘माधव नेपाल समूह ०७५ जेठ २ को अवस्थामा पुग्नुपर्ने भन्नुभएको छ । फागुन २८ को निर्णयमा संशोधन हुनुपर्छ भन्नुभएको छ । पदाधिकारी कायम राख्ने भनेका छन्’, बस्नेतले भने, ‘यो विषयमा सहमति बन्ने सम्भावना छ ।’ नेता बस्नेतले भीम रावलको अतिवादीधारले मिल्न नदिने पक्षमा देखिएको आरोप लगाएका छन् ।

योगेश भट्टराई, गणेश पहाडी, नारायण खतिवडा, हीरा केसी, समिना हुसेन, गंगा चौधरीहरू पार्टी एकीकरणको पक्षमा आफ्नो मत जनाइसकेको बस्नेतले बताएका छन् । एमालेका नेता बस्नेतले जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने दाबी गरेका छन् ।‘उपेन्द्र यादव बहुमतमा भएको भए औपचारिक बैठक डाकेर महागठबन्धन बनाउने थिए । उपेन्द्र यादव र बाबुराम भट्टराईको बहुमत छैन’, उनले भने, ‘महन्थ ठाकुर र राजेन्द्र महतोको जसपामा बहुमत छ ।’

‘उपेन्द्र यादवलाई २२ प्रतिशत पनि पुग्दैन । उपेन्द्रसँग जोडिएका धेरै सांसदहरू उहाँसँग छैनन् । बिगतमा पार्टी फुटाउन खोजेकाहरूले उपेन्द्र यादवलाई छाडेका छन्’, एमालेका नेता बस्नेतले भनेका छन् । ‘जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ । जसपाको निर्णयपछि उपेन्द्र यादव र बाबुराम भट्टराईले विद्रोह गर्ने सम्भावना छ । उनीहरूले पार्टी वैधानिकता दिन सक्दैनन्’, उनले भनेका छन् ।

माधव नेपाल, भीम रावल, घनश्याम भुसालहरूले राजीनामा दिने तहका कुरा गरेको भन्दै बस्नेतले त्यो आत्मघाती कदम नउठाउन सुझाव दिएका छन् । उनले भने, ‘माधवजीहरूले जस्तै उपेन्द्र यादव र बाबुराम भट्टराईले पनि राजीनामा दिन सक्छन् । २१ जना एमालेका सांसदले राजीनामा दिने तहमा कुरा पुग्दैन उपेन्द्र यादवहरू ।’ एमालेका नेता बस्नेतले माधव नेपालको राजनीति संकटपूर्ण अवस्थामा रहेको दाबी गरेका छन् । उनले भने, ‘प्रचण्डको भविष्य सक्किएको छ । भविष्य सक्किएको नेता प्रचण्ड हो ।’

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...