वैशाख २७ मा अविश्वास प्रस्तावउपर मतदान



हाम्रो इकोनोमि

 

गण्डकी प्रदेशसभा बैठक वैशाख २७ गते बस्ने भएको छ । बिहीबार बसेको कार्यव्यवस्था बैठकले २७ गते बैठक बस्ने निर्णय गरेको हो । सभामा विचाराधीन मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि त्यही दिन मतदान हुने बैठकमा सहभागी नेकपा एमाले सांसद कृष्ण थापाले जानकारी दिए । ‘आज करिब ४ घन्टाको बैठकले एउटा निकास पायो,’ उनले भने, ‘२७ गते ११ देखि १ बजेको बीचमा बैठक बस्ने निर्णय गरियो ।’

वैशाख १५ गतेदेखि रोकिएको प्रदेश सभा बैठक शुरू हुन सकेको थिएन । सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव विचाराधीन छ । १५ गते उक्त अविश्वास प्रस्तावउपर मतदान गर्ने कार्यसूची थियो ।

तर, मतदानकै दिन जनमोर्चा सांसद ‘बेपत्ता’ भएपछि दलकी प्रमुख सचेतक पियारी थापाले ‘खोजी गरिपाऊँ’ भन्दै निवेदन दिएकी थिइन् । थापाको निवेदनपछि सभामुख नत्रनाथ अधिकारीले अनिश्चित कालका लागि सदन स्थगन गरेका थिए ।

सदन स्थगन भएपछि पहिलो पटक सोमबार डाकिएको परामर्श समिति बैठक डाकिएको थियो । तर, बैठकले निर्णय गर्न नसकेपछि मंगलबार सर्वदलीय बैठक बस्ने र त्यही बैठकले निक्र्यौल गर्ने सहमति भएको थियो ।

तर, मंगलबारको सर्वदलीय बैठकले पनि कुनै निर्णय दिन नकसेपछि पुनः बिहीबारका लागि परामर्श समितिको बैठक डाकिएको थियो । बैठकले २७ गते सदन सुरु हुने निर्णय गरेको हो । ‘विपक्षी गठबन्धनले भोलि नै गर्नुपर्छ, बोलाउनुपर्छ भन्नु भएको थियो । त्यसमा हाम्रो स्वीकृति रहेन,’ सांसद थापाले भने, ‘पछि २७ गतेमै सबैको सहमति भयो ।’ वैशाख २७ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदैछन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ जना सांसदले हस्ताक्षर गरेका छन् । अविश्वास प्रस्तावलाई जनमोर्चाले पनि साथ दिने वचन दिएको छ ।

सभामा नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रको सभामुखसहित १२, जसपा २, जनमोर्चा ३ र एक जना स्वतन्त्र सिट छ । स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ ले अहिलेकै सरकारलाई समर्थन गर्ने बताइसकेका छन् । उनी १६ गते खेलकुद तथा युवामन्त्री नियुक्त भएका छन् ।

प्रदेशसभा सचिवालयमा वैशाख २ गते मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव भएको थियो । वैशाख १३ मा उक्त अविश्वास प्रस्ताव सभामा पेस भएर १५ गते मतदान गर्ने यसअघिको कार्यसूची थियो ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...