प्रधानमन्त्री ओलीलाई जसपाले पनि धोका दिने संकेत



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता एवम् प्रतिनिधि सभाका सांसद राजकिशोर यादवले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने निर्णय नभएको बताएका छन् । ‘जनता जान्न चाहन्छन्’ टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताका क्रममा नेता यादवले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने अवस्था नरहेको बताए । उनले विश्वासको मतका लागि ओलीले अहिलेसम्म औपचारिक प्रस्ताव नल्याएको बताए ।

‘अहिलेसम्म हाम्रो पार्टीले प्रधानमन्त्री केपी ओलीज्यूलाई विश्वासको मत दिने निर्णय गरेको छैन । मलाई लाग्छ त्यो परिस्थिति बन्दैन होला’, उनले भने, ‘अहिलेसम्म त्यो निर्णय भएको छैन । अहिले हामी विश्वासको मत नदिने पक्षमा छौं ।’

‘विश्वासको मतका लागि औपचारिक रुपमा सम्वाद भएको स्थिति छैन’, नेता यादवले भने, ‘उहाँले विश्वासको मत माग्नुभयो भने पार्टीको औपचारिक बैठक बस्छ । औपचारिक निर्णय ग¥यो भने एउटा विषय हो ।’

उनले भने, ‘अहिलेसम्म हामी न्युट्रल बस्ने स्थितिमा छौँ । अहिलेको विषय भनेको विश्वासको मत दिने कि नदिने ? भन्ने हो ।’ प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने विषयमा नेता यादवले संविधानभन्दा बाहिर गएर कुनै निर्णय गर्न नहुने बताए । ‘संसद विघटनको कुरा विधि र प्रक्रियाहरू छ । सबै कुरा संविधानले डो¥याउँछ’, उनले भनेका छन् ।

‘ओलीज्यूले विश्वासको मत पाउनुभएन भने संविधानको धारा ७६ (२)अनुसार दुई वा दुईभन्दा बढी दलले बहुमत देखायो भने राष्ट्रपतिले त्यसलाई प्रधानमन्त्री नियुक्त गर्ने हो’, नेता यादवले भनेका छन् ।

‘त्यसको लागि कुनै दल अगाडि आयो भने बिचार गर्ने हो’, उनले भने, ‘सबै कुरा हाम्रो हातमा मात्रै छैन नि ? अरु दल कसरी आउँछ ? छलफल चलिरहेको छ । विभिन्न दलहरूका बीच त्यस बेला हामीसँग कुनै औपचारिक प्रस्ताव आयो भने त्यस बेला सोचौँला ।’ जसपा फुट्छ भनेर आएका समाचार र टिकाप्पणीहरूलाई नेता यादवले खारेज गरेका छन् । उनले जसपा नफुट्ने बताए ।

‘पार्टीभित्र बहस, छलफल चरिहेको छ । केही मिडियाले पार्टीनै फुट्न थाल्यो भनेर लेखेका हुन्’, नेता यादवले भने, ‘केही मान्छेको पार्टीनै फुटोस् भन्ने इच्छा होला । पार्टी फुटेको छैन । फुट्दा पनि फुट्दैन । फुट्यो भन्ने कुरा सरासर गलत हो । जसपा फुट्दैन ।’

जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन्छ भनेर चर्चा चलिरहेका बेला नेता यादवले ओलीलाई विश्वासको मत नदिने भनेका छन् । जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री ओलीलाई विश्वसको मत दिने पक्षमा छन् । ठाकुर र महतोका कारण जसपाभित्र भाँडभैलो भएको भन्दै आरोपहरू लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...