ठाकुर र महतोबीच पनि विवाद, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्ने आश्वासन दिएका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच संसदीय दलको नेता बन्ने विषयमा विवाद भएको छ । ठाकुर र महतोबीच संसदीय दलको नेता को ? बन्ने भन्ने विषयमा मतभेद शुरू भएको स्रोतले जनाएको छ । ठाकुरले आफै संसदीय दलको नेता बन्न खोजेका छन् । महतोले आफू दलको नेता बन्नुपर्ने अडान राखेपछि ठाकुरलाई तनाब भएको छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टीबीच पार्टी एकीकरण हुने क्रममा नयाँ पार्टी जसपाको संसदीय दलको नेता महतोलाई बनाउने नेताहरूका बीच सहमति भएको बताइएको थियो । महतोले पूर्वसहमतिअनुसार संसदीय दलको नेता आफूलाई बनाउनुपर्ने अडान राखेपछि ठाकुर र महतोबीच विवाद भएको हो । ठाकुर र महतोबीच विवाद हुँदा सांसद र केन्द्रीय सदस्यहरूको हस्ताक्षर अभियान प्रभावित भएको छ ।

ओलीलाई वैशाख २७ गते विश्वासको मत दिनका लागि ठाकुरले सांसद र केन्द्रीय सदस्यहरूलाई काठमाडौं बोलाएर हस्ताक्षर गराउन थालेका थिए । ठाकुरको अभियानलाई विवादले समस्या भएको छ । अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई प्रधानमन्त्री ओलीलाई हटाएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने पक्षमा छन् । ठाकुरले एमालेसँगको सत्ता समीकरणमा जसपा निर्णायक शक्ति भएको बताउँदै आएका छन् ।

ठाकुरले प्रधानमन्त्री बन्ने अवसर आयो भने त्यसको लागि आफू नै उपयुक्त पात्र भएको भन्दै संसदीय दलको नेता आफू नै बन्नुपर्ने जिकिर पार्टीमा गरेका छन् । जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराई संसदीय दलमा बहुमतमा छन् । महन्थ ठाकुर र राजेन्द्र महतो निकट मानिने सांसदहरू उपेन्द्र यादवतिर लागेपछि बहुमत पुगेको हो ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...