जसपाको ठाकुर-महतो पक्षद्वारा हस्ताक्षर संकलन, २९ जनाको साथ



हाम्रो इकोनोमि

 

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले आफ्ना सांसद र कार्यकारिणी समिति सदस्यहरुको हस्ताक्षर संकलन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिंदै गर्दा गरिएको हस्ताक्षर संकलनलाई अर्थपूर्ण ठानिएको छ । ठाकुर–महतो पक्षका एक नेताले भने, ‘खाली कागजमा सांसद र कार्यकारिणी समिति सदस्यहरुको छुट्टाछुट्टै हस्ताक्षर संकलन गरिएको छ ।’

जसपाको कार्यकारिणी समिति ५१ सदस्यीय छ । त्यसमध्ये २२ जना उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षतिर देखिएका सो पार्टीका नेताहरु बताउँछन् । २९ जना महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष पक्षतिर देखिएको छ । यादव र भट्टराई पक्षले यसअघि नै आफू निकटका नेताहरुको हस्ताक्षर संकलन गरिसकेको छ ।यसैगरी जसपाका ३४ जना सांसदहरुमध्ये दुईजना निलम्बनमा परेपछि हाल ३२ सांसद छन् ।

सत्ता समीकरणका विषयमा जसपामा दुई धार छ । ठाकुर र महतो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएका छन् भने यादव र भट्टराई ओलीको विकल्पमा नयाँ सरकार गठन गर्नुपर्ने पक्षमा छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २७ गते विशेष अधिवेशन आह्वान गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...