शंकर पोखरेलकै नेतृत्वमा सरकार बनाउने एमाले संसदीय दलको निर्णय



हाम्रो इकोनोमि

 

नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा नै बहुमतको सरकार बनाउने निर्णय गरेको छ ।

आज आइतबार बिहान बसेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको हो । यसका साथै पोखरेलले आजै मुख्यमन्त्रीको सपथ लिन सक्ने सम्भावना समेत रहेको छ ।

संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल समूहका विष्णु पन्थी र रमा घर्ती पनि सहभागी भएका थिए ।

संविधानको धारा १६८ को उपधारा १ अनुसार वहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले पुनः सरकार बनाउने बाटो खोल्नकै लागि उनले राजीनामा दिएको स्पष्ट पारेका छन् ।

आफू संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको भन्दै उनले अब १६८ को १ अनुसार एकल सरकार गठन हुनुपर्ने दाबी गरेका छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका दुई जना र जनता समाजवादी पार्टी (जसपा)का चार जना सांसद पदमुक्त भएकाले ८१ सदस्यीयमा सीमित छ । जसमा पोखरेलको पार्टी नेकपा एमालेको मात्रै ४१ जना सांसद छन् । कायम सांसद संख्याको बहुमतका आधारमा नयाँ सरकार गठन गर्न पनि ४१ जना नै चाहिने स्थिति छ ।

दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा माओवादी केन्द्रसमेतको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनीविरुद्ध एमाले, कांग्रेस र जसपाले वैशाख ६ गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावमाथि आजै छलफल गरिँदै थियो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...