पूर्वमन्त्री गोकुल बास्कोटालाई तीन जिम्मेवारी



हाम्रो इकोनोमि

 

पूर्व सञ्चारमन्त्री तथा युवा नेता गोकुल बास्कोटालाई १० गतेको बैठकले काभ्रे जिल्ला इन्चार्जमात्र तोकेको थियो । तर अन्तरपार्टी निर्देशनमा बास्कोटालाई अन्य दुई रणनीतिक जिम्मेवारी समेत थपिएको छ । बास्कोटालाई गाउँपालिका महासंघको इन्चार्ज र नेपाल राष्ट्रिय भूतपुर्व सैनिक तथा प्रहरी संगठनको इन्चार्जको समेत भूमिका एमालेले दिएको छ । बास्कोटालाई दिइएका दुवै जिम्मेवारी रणनीतिक महत्वका छन् ।

काठमाडौं र भक्तपुर बाहेक ७५ वटै जिल्लामा गाउँपालिकाको सञ्जाल रहेकाले विकास सम्मेलन समेत गर्ने बास्कोटाको योजनालाई उनले पाएको यो जिम्मेवारीले साथ दिएको छ । ‘सम्बृद्धिको आधार, सक्षम र सबल स्थानीय सरकार’ भन्दै बास्कोटाले केही समयअघिनै विकास सम्मेलनको अवधारणा अघि सारेका थिए । गाउँपालिका महासंघको अध्यक्ष पनि नेकपा एमालेकै होमनारायण श्रेष्ठ छन् ।

त्यस्तै बास्कोटालाई सेवा निवृत्त सेना तथा प्रहरीको संगठन समेत हेर्ने जिम्मेवारी दिएर आगामी चुनावको तयारी एमालेले गरेको छ । भूतपूर्व सैनिक र प्रहरी देशका गाउँ गाउँमा रहेका छन् र उनीहरुको ठूलो सञ्जाल छ । पूर्व सैनिक र प्रहरीको क्षमता तथा सिपलाई पार्टी तथा मुलुक निर्माणको अभियानमा लगाउनेृ भन्दै एमालेले तिनीहरुका अलग संगठन बनाएको छ । त्यस्तै पूर्व माओवादी लडाकुहरु पनि अहिले एमालेमा प्रवेश गरेका छन् । उनीहरुको भने अलग संगठन छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...