विप्लवको नेकपा फेरी फुट्यो, को-कता लागे



हाम्रो इकोनोमि

 

 

अन्तर्राष्ट्रिय मजदूर दिवसकै दिन पारेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा विद्रोह भएको छ । सरकारसँग वार्तामार्फत शान्ति प्रक्रियामा आएको एक महिना नबित्दै त्यस पार्टीका पोलिटव्यूरो सदस्य कृष्णप्रसाद धमला (कमरेड गम्भिर)को नेतृत्वमा नयाँ समूह गठन भएको हो । सो समूहले शनिवार विज्ञप्ति जारी गरी गम्भिरको नेतृत्वमा हिमाल,पहाड,तराइ मधेश सबैका प्रतिनिधित्व सहित ५१ सदस्यीय जन समाजवादी मञ्च नेपालको स्थापना गरिएको जनाएको छ ।

कोरोना लहरका कारण औपचारिक कार्यक्रम गर्न नसकिएको भन्दै धमलाले कोरोना कहरबाट छुटकारा पाउने लडाइमा होमिन आग्रह गरेका छन् । विज्ञप्तिमा आन्दोलनले नेतृत्वलाई उचाइमा पुर्याउने तर नेतृत्वले नै जनता र क्रान्तिलाई धोखा दिएको भन्दै विप्लवको नाम नलिई अशन्तुष्टि व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...