मलाई संसारभरका जनताले चिन्छन् : प्रचण्ड



हाम्रो इकोनोमि

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई संसारभरका मान्छेले चिन्ने दावी गरेका छन् । शान्ति प्रक्रियापछि नेपाल देशभन्दा बढी प्रचण्डलाई चिन्नेजस्तो अवस्था भएको उनले बताए । हिमालय टेलिभिजनसँगको एक अन्तर्वार्तामा प्रचण्डलाई उनले तराईमा हालै हिन्दीमा गरेको भाषणबारे सोधिएको थियो । ‘तपाईंले हिन्दीमा भाषण गर्दै भारतमा केपी ओलीलाई भन्दा बढी मलाई चिन्छन् भन्ने दावी गर्नुभएको थियो, त्यसको आधार के हो ?’ अन्तरवार्ताकारले सोधेका थिए ।

जवाफमा प्रचण्डले भने, ‘भारतमा मात्रै होइन संसारभरका मान्छेले मलाई चिन्छन् । मैले घमण्ड गर्‍यो भन्ने लाग्ला । तर, म जनयुद्धबाट शान्ति प्रक्रियामार्फत गणतन्त्र नेपालको प्रधानमन्त्री भएपछि नेपाल प्रचण्डको नामबाट चिनिन थाल्यो भन्थे पत्रकारहरू । संसारभरका मान्छेले नेपालभन्दा बढी प्रचण्डलाई चिनेजस्तो भएको छ । एउटा मिथजस्तो क्या ।’

युद्धबाट शान्तिमा आएर गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्न दुर्लभ सफलता आफूले पाएको भन्दै उनले आत्मसन्तोष प्रकट गरे । प्रचण्डले भने, ‘दुर्लभ मान्छेले प्राप्त गर्ने अवसर मैले प्राप्त गरेँ । यो अलि अनौठो नै छ । युद्ध पनि गर्ने, शान्ति पनि ल्याने, संविधान पनि बनाउने, गणतन्त्रको घोषणा पनि गराउने…कम्युनिस्ष्ट आन्दोलनको इतिहास हेर्नुभयो भने… तर एउटा वर्गलाई मान्यता दिन मन लाग्दैन । खिसिट्यूरी गर्छन् ।’

उनले अहिले स्वदेशी तथा विदेशी शक्तिहरु आफूविरुद्ध हात धोएर लागिरहेको दावी गरे । ‘प्रचण्डलाई सिध्याउने मिसन चलिराख्या छ, त्यो भनेको परिवर्तनलाई सिध्याउने मिसन हो,’ उनले भने ।

हिन्दी भाषणको बचाउ

प्रचण्डले हालै तराईका जिल्लामा गएर हिन्दीमा भाषण गरेको विषयमा पनि बचाउ गरे । स्थानीय जनताको चाहना अनुसार आफूले हिन्दीमा भाषण गर्ने गरेको उनको भनाइ थियो । हिन्दीमा भाषण गर्दा तराइका जनताले आफ्नोपन फिल गर्ने उनले दावी गरे ।

प्रचण्डले भने, ‘म स्थानीय चुनावका क्रममा २ नम्बर प्रदेशमा जाँदा बारम्बार हिन्दीमा भाषण गरेको हुँ । हिन्दीमा भाषण गर्दा तराइका जनताले आफ्नोपन फिल गर्छन् भनेर साथीहरूले जोडबल गर्नुहुन्छ । अस्ति पनि सहयोद्धा साथीहरूले हिन्दीमा बोलिदिनुस्, जनताले रुचाउँछन् भन्नुभयो अनि बोलेको हुँ । पहिले हिन्दीमा बोल्दा आलोचना भएन, अहिले किन भएको हो मैले बुझ्न सकेको छैन ।’

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...