माओवादीबाट निर्वाचित रौतहटका अधिकांश जनप्रतिनिधि एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

रौतहट जिल्लाबाट निर्वाचित नेकपा माओवादी केन्द्रका अधिकांश स्थानीय तहका जनप्रतिनिधि नेकपा एमालेमा लागेपछि पद रिक्त गराउन माओवादीले प्रक्रिया अघि बढाएको छ । जिल्लाका दुई नगरपालिका र एक गाउँपालिकामा माओवादीले प्रमुख जितेको छ भने ७ स्थानीय तहमा उपप्रमुख जितेको छ । तीमध्ये यमुनामाई गाउँपालिका प्रमुखसहित अन्य दुई उपप्रमुखबाहेक अन्य सबै प्रभु साहसँगै एमाले भएका छन् ।

माओवादी केन्द्रको प्रदेश कमिटी सदस्यसमेत रहेका मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरियाका मेयर सियाराम कुशवाहलाई एमाले प्रवेश गरेको भन्दै सो पार्टीले निष्कासन गरेको हो । त्यस्तै मौलापुरका उपमेयर गौरीशंकरप्रसाद जयसवाल, फतुवा विजयपुरकी उपमेयर कान्तिदेवी महतो, देवाही गोनाहीकी परनिया देवी, माधवनारायणपुरकी उपाध्यक्ष सिमलकुमारी साह र यमनुमाइ गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साहलाई पार्टीबाट निष्कासन गरिएको माओवादीले जनाएको छ ।

 

माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरू एमालेका गतिविधिमा संलग्न रहेकोले पार्टीबाट कारवाही गरी पद रिक्त गरिदिन निर्वाचन आयोगलाई पत्राचार गरिएको माओवादी जिल्ला सचिव देवेन्द्र पटेलले बताएका छन् । रौतहटमा माओवादी केन्द्रको ९० प्रतिशत हिस्सा प्रभु साहको व्यक्तिगत प्रभावमा थियो । सो शक्ति प्रभुसँगै एमाले भएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...