सरकारमा जान तयार छौँ : राजेन्द्र महतो



हाम्रो इकोनोमि

 

जनता समाजवादी पार्टी (जसपा) का बरिष्ठ नेता राजेन्द्र महतोले मुद्दा फिर्ता लिएपछि पार्टी सरकारसँग विश्वासको वातावरण तयार भएको बताउनु भएको छ । सरकारले  जसपाको मागअनुसार १५ ओटा मुद्धा लागेका १ सय २० जना अभियुक्तको मुद्दा फिर्ता लिएको निर्णय सार्वजनिक गरेको थियो ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुद्दा फिर्ता लिएको जानकारी दिनुभएलगत्तै जसपाका नेता महतोले सरकारले आफूहरुको माग सम्बोधन गर्न सुरु गरेको र सरकारमा सहभागी हुन बिश्वासको वातावरण बनेको बताउनु भयो । ‘हाम्रा अझै केही माग पुरा गर्न बाँकी छ, त्यो माग पुरा भएपछि सरकारमा जान सकिन्छ, तर त्यसका लागि मागहरु पुरा हुनुपर्छ,’ वरिष्ठ नेता महतोले भन्नुभयो । उहाँले १५ वटा मुद्दाअन्तर्गत १२० जनाको मुद्दा फिर्ता गरेकोमा सरकारलाई धन्यवादसमेत दिनुभयो ।

‘सरकारको निर्णय स्वागतयोग्य हो । मुद्दा फिर्ता गरेर सत्ता सहकार्यका लागि वातावरण तयार भएको छ,’ महतोले भन्नुभयो । जसपामा डा. बाबुराम भट्टराई र उपेन्द्र महतोले सरकारबिरुद्ध लाग्नुपर्ने अडान लिएपछि अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता महतो ओली सरकारबाटै आफूहरुको माग सम्बोधन हुने भन्दै माग पूरा भए एमालेसँगै सत्ता सहकार्य गर्ने अडान लिनुभएको थियो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक पटक बार्तापछि ठाकुर र महतो यो निश्कर्षमा पुग्नुभएको हो ।

जसपाका अर्का नेता शरतसिंह भण्डारीले पनि मुद्दा फिर्ता लिएको भन्दै सरकारलाई धन्यवाद दिनुभयो । उहाँका अनुसार जसपाले सरकारसँग पाँचवटा माग राखेको र सो माग पुरा भएपछि सत्तासमीकरणको बिषयमा छलफल हुनेछ । मुद्दा फिर्ता, राजबन्दी रिहाइ, नागरिकताको विषय, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका माग आफूहरुको रहेको उहाँले बताउनु भयो । ‘अहिले जति जनाको मुद्दा फिर्ता गरेको छ । त्यसका लागि सरकारलाई धन्यवाद । यो राम्रो सुरुवात हो, यसलाई जसपा नेपाल स्वागत गर्दछ,’ भण्डारीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...