सकेसम्म मुलुकभर तत्काल लकडाउन नहुने



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँमा सम्पूर्ण रूपमा खटिन पार्टी पंक्तिलाई निर्देश गरेका छन् । एमाले महाधिवेशन आयोजक कमिटीको तेस्रो बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाको नयाँ भेरियन्टका कारण उत्पन्न हुनसक्ने परिस्थितिको सामना गर्न पार्टी पंक्ति सक्रिय हुनुपर्ने बताएका हुन् ।

‘प्रधानमन्त्री एवं पार्टी अध्यक्षले एमालेको सबै संरचनाका नेता कार्यकर्ताहरूलाई कोभिड-१९ विरुद्धको लडाइँमा सक्रिय रहन निर्देश गर्नुभएको छ । सरकारले पनि आफ्नो स्थानबाट अधिकतम प्रयास गरिरहेको जाकमनकारी गारउनुभयो’, बैठकपछि एमाले प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने ।

बैठकमा अक्सिजन प्लान्टहरुलाई पूर्णक्षमतामा विस्तार गर्ने , नयाँ सिलिण्डर ल्याउने, खोपलाई अझ विस्तार गर्नेलगायतका काम सरकारले गरिरहेको जानकारी प्रधानमन्त्री ओलीले गरेका थिए । स्वास्थ्यसम्बन्धी निर्देशिकाहरू कडाईका साथ लागू गर्ने तर तत्कालै लकडाउन नगर्ने सरकारको तयारी रहेकोबारे पनि बैठकमा चर्चा भएको थियो । ‘लकडाउन आफैंमा अन्तिम समाधान होइन । त्यसैले सकेसम्म मुलुकभर लकडाउन नगरी कोभिड महामारीको सामना गर्ने तयारी छ’, ज्ञवालीले भने ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...