माधव पक्षका सांसदलाई कारवाही गर्ने तयारी



हाम्रो इकोनोमि

 

नेकपा (एमाले)ले माधव नेपाल पक्षका केही सांसदलाई निष्कासनको तयारी गरेको छ । माधव नेपाल, भीम रावलसहित निलम्वित चार र अन्य नेतामाथि समेत थप कारवाही हुने लागेको एमाले स्रोतले जनाएको छ ।

माधव नेपाल र झलनाथ खनालले फ्लोर क्रस गरेर अविश्वास प्रस्ताव पारित गर्ने प्रतिबद्धता जनाएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको जानकारी पाएपछि बालुवाटारमा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाइएको छ ।

सोही बैठकले स्पष्टीकरण सोधिएका सांसदहरुमाथि कारवाही प्रक्रिया अघि बढाउन लागेको स्रोतले जनाएको छ । कारवाहीको प्रकृतिबारे प्रष्ट पारिएको छैन । एमालेको विधानले दललाई तत्कालै कुनै ठूलो हानी हुने अवस्था आएमा सांसदलाई ६ महिनासम्म निलम्बन गर्न सक्ने अधिकार दिएको छ ।

निलम्बन गर्नसक्ने ३२ सांसदको नाम

१) माधवकुमार नेपाल

२) भीम रावल

३) सुरेन्द्र पाण्डे

४) घनश्याम भुसाल

५) पवित्रा निरौला

६) झपट रावल

७) मेटमणि चौधरी

८) यज्ञराज सुनुवार

९) जीवनराम श्रेष्ठ

१०) झलनाथ खनाल

११) विरोध खतिवडा

१२) सोमप्रसाद पाण्डे

१३) भवानी खापुङ

१४) नारायण खतिवडा

१५) जयकुमार राई

१६) गणेश पहाडी

१७) दिपकप्रकाश भट्ट

१८) योगेशकुमार भट्टराई

१९) हिराचन्द्र केसी

२०) पुष्पाकुमारी कर्ण कायस्थ

२१) कल्याणी खड्का

२२) लक्ष्मीकुमारी चौधरी

२३) सरलाकुमारी यादव

२४) कृष्णलाल महर्जन

२५) नीरादेवी जैरु

२६) मुकुन्द नेउपाने

२७) रामकुमारी झाक्री

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...