धरहरा उद्घघाटनकाे दिन रैथानेकाे मार्मिक स्टाटस्
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माअाेलीले धरहराकाे उद्घाटन गरेकाे दिन रैथाने एकता परिषद्का संयाेजक सन्ताेष बराइलीले सामाजिक सञ्जाल फेसबुकमा धरहरालाई जाेडेर एमालेकाे अान्तरिक विवादबारे लामाे स्टाटस् लेखेकाछन । उनले लेखेकाछन् , धरहरा उठ्याे, जसरी एमाले उठेकाे छ । भुईंचालाेले धराशायी बनाएकाे धरहरा जसरी ओलीले उठाए, त्यसैगरी वामदेव र माधव नेपालले धराशायी बनाएकाे एमाले ओलीले नै उठाएका थिए ।
उनले अगाडि लेखेकाछन् , याे तथ्य थाहा हुँदाहुँदै पनि झलनाथ र माधवलाई स्वीकार्न कठिन भएकाे छ । लगनगाँठाे ध्वंशवादी प्रचण्डसंग गाँसिएपछि सत्य असत्य बन्छ । आज उठेकाे धरहराले भन्दैछ, ओलीले मेराे धरहरा मै बनाउँछु भनेर कम्मर कसेपछि मात्रै इन्जिनियरले डिजाइन गरे, श्रमिकहरूले अहाेरात्र काम गरे र याे ठडियाे । झलनाथ र माधवका पालामा यसरी देखिने गरी के बनाए कुन्नि ? धरहराले भन्दैछ: तिमीहरू ओलीभन्दा धेरै पुड्का छाै ! म त तिमीहरूलाई कतै पनि देखिरहेकाे छैन । कठैबरा, आज कता छन् आरिसेहरू ? खुमलटारतिर कि पेरिसडाँडातिर ?
!



