उपचुनावमा बादललाई नै उम्मेदवार बनाउने एमालेको निर्णय



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गरेका कारण सांसद पद गुमाएका माओवादी नेताहरूलाई उपनिर्वाचनमा जिताएर पुनः सांसद बनाइने बताएका छन् । एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले जेठ ६ गते हुने राष्ट्रियसभाको निर्वाचनमा एमालेबाट रामबहादुर थापा ‘बादल’ नै उम्मेदवार हुने र जिताएरै छाड्ने समेत बताए ।

‘हाम्रो पार्टीमा लागेका कारण माओवादीले कारवाहीको नाममा रिक्त बनाएका पदहरुमा ३५ दिन देखि ६ महिनाभित्र हुने चुनावमार्फत जिताएर ल्याउँछौं । राष्ट्रियसभामा हाम्रो उम्मेदवार रामबहादुर थापा नै हो’, ओलीले भने ।

एमालेमा लागेका पूर्वमाओवादी नेता र कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिइने अध्यक्ष ओलीको भनाइ छ । एमाले ध्वसं गर्न चाहनेहरूबाट बचाईसकेकोले अब आफूहरुको भागमा जित मात्रै रहेको ओलीको दावी थियो । अब हुने आम निर्वाचनमा एमालेले ५० लाख पपुलर मत ल्याउने पनि अध्यक्ष ओलीले बताए । ओलीको सम्बोधनसहित आजको बैठक सकिएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...