अखिल क्रान्तिकारीको प्रवक्ताको जिम्मेवारी जीपी मैनालीलाई



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भातृसंगठन अखिल (क्रान्तिकारी) को प्रवक्ताको जिम्मेवारी उपमहासचिव जीपी मैनालीलाई दिने निर्णय भएको छ । अखिल (क्रान्तिकारी) को गत १४ चैत्रमा सम्पन्न केन्द्रिय समितिको विस्तारित बैठकले अगामी सम्मेलन सहित संगठन सुध्रिढीकरण सम्बन्धि बिभिन्न तयारीहरु गरेको छ । यसै क्रममा संगठनको कार्यालय बैठकले मैनालीलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । हाल रन्जित तामङ नेतृत्वमा रहेको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को किर्तीपुरमा २०७४ भदौमा सम्पन्न सम्मेलनबाट उप–महासचिव निर्वाचित मैनाली सिभिल इन्जिनियर हुन ।

२०६५ को स्ववियू निवार्चनमा काठमाडौं इन्जिनियरिङ कलेजबाट स्ववियू सभापतिमा निर्वाचित मैनाली यसअघि केन्द्रिय सचिवालय, केन्द्रिय सचिव र उपमहासचिव निर्वाचित भइसकेका छन । पत्रकारिता र सिभील इन्जिनियरिङमा स्नातकोतर मैनाली पुर्वान्चल इन्जिनियरिङ क्याम्पस धरानबाट २०५८ मा अखिल राजनितीमा प्रवेश गरेका हुन । अखिलको सो बैठकले संगठन बिस्तार सहित अन्य सदस्यहरुको जिम्मेवारी बाँडफाँड समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...