अखिल क्रान्तिकारीको प्रवक्ताको जिम्मेवारी जीपी मैनालीलाई



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भातृसंगठन अखिल (क्रान्तिकारी) को प्रवक्ताको जिम्मेवारी उपमहासचिव जीपी मैनालीलाई दिने निर्णय भएको छ । अखिल (क्रान्तिकारी) को गत १४ चैत्रमा सम्पन्न केन्द्रिय समितिको विस्तारित बैठकले अगामी सम्मेलन सहित संगठन सुध्रिढीकरण सम्बन्धि बिभिन्न तयारीहरु गरेको छ । यसै क्रममा संगठनको कार्यालय बैठकले मैनालीलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । हाल रन्जित तामङ नेतृत्वमा रहेको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को किर्तीपुरमा २०७४ भदौमा सम्पन्न सम्मेलनबाट उप–महासचिव निर्वाचित मैनाली सिभिल इन्जिनियर हुन ।

२०६५ को स्ववियू निवार्चनमा काठमाडौं इन्जिनियरिङ कलेजबाट स्ववियू सभापतिमा निर्वाचित मैनाली यसअघि केन्द्रिय सचिवालय, केन्द्रिय सचिव र उपमहासचिव निर्वाचित भइसकेका छन । पत्रकारिता र सिभील इन्जिनियरिङमा स्नातकोतर मैनाली पुर्वान्चल इन्जिनियरिङ क्याम्पस धरानबाट २०५८ मा अखिल राजनितीमा प्रवेश गरेका हुन । अखिलको सो बैठकले संगठन बिस्तार सहित अन्य सदस्यहरुको जिम्मेवारी बाँडफाँड समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...