प्रधानमन्त्री ओली र बामदेव गौतमको नयाँ समिकरण



हाम्रो इकोनोमि

 

पार्टीका नेताहरुसँग भेटघाटको शृंखलालाई बढाइरहेका एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेता बामदेव गौतमसँग ‘डिनर मिटिङ’ गरेका छन्। दिउँसो मेरियट होटलमा नेता माधव नेपालसँग संवाद गरेका ओलीले साँझपख गौतमसँग बालुवाटारमा डिनरसहितको भेटघाट गरेका हुन्।

गौतम-ओली भेटमा कानूनमन्त्री लीलानाथ श्रेष्ठ र एमाले प्रमुख सचेतक विशाल भट्टराई सहभागी भएका थिए । प्रधानमन्त्रीसँगको संवादपछि गौतमले प्रधामन्त्रीसँगको आफ्नो सम्बन्ध जमानादेखिको भएको भन्दै त्यो अटुट रहने बताएको भट्टराईले बताए।

 

‘केपी ओली देशको प्रधानमन्त्री हो, नेकपा (एमाले) को अध्यक्ष हो,’ गौतमको भनाइ उद्धृत गर्दै भट्टराईले भनेका छन्, ‘तर उहाँसँगको मेरो सम्बन्ध पदका कारणले बनेको हैन्, जमानादेखिको हो र यो अटुट रहिरहनेछ ।’

एमाले विभाजनको डिलमा पुगेका बेला ओलीले नेताहरुसँग बढाएको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। गौतम एमालेको संस्थापनले बोलाएको संसदीय दलको बैठकमा गए पनि केन्द्रीय कमिटी बैठकमा जाने गरेका छैनन् ।

गौतम ६ बैशाखमा बालुवाटारमा बसेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठमा समेत सहभागी भएका थिएनन् । अर्को बैठक भोलि पुनः बस्दै छ। भोलिको बैठकमा गौतम सहभागी हुन्छन् या हुँदैनन् यो भने प्रष्ट भएको छैन।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...