प्रधानमन्त्री ओली र बामदेव गौतमको नयाँ समिकरण



हाम्रो इकोनोमि

 

पार्टीका नेताहरुसँग भेटघाटको शृंखलालाई बढाइरहेका एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेता बामदेव गौतमसँग ‘डिनर मिटिङ’ गरेका छन्। दिउँसो मेरियट होटलमा नेता माधव नेपालसँग संवाद गरेका ओलीले साँझपख गौतमसँग बालुवाटारमा डिनरसहितको भेटघाट गरेका हुन्।

गौतम-ओली भेटमा कानूनमन्त्री लीलानाथ श्रेष्ठ र एमाले प्रमुख सचेतक विशाल भट्टराई सहभागी भएका थिए । प्रधानमन्त्रीसँगको संवादपछि गौतमले प्रधामन्त्रीसँगको आफ्नो सम्बन्ध जमानादेखिको भएको भन्दै त्यो अटुट रहने बताएको भट्टराईले बताए।

 

‘केपी ओली देशको प्रधानमन्त्री हो, नेकपा (एमाले) को अध्यक्ष हो,’ गौतमको भनाइ उद्धृत गर्दै भट्टराईले भनेका छन्, ‘तर उहाँसँगको मेरो सम्बन्ध पदका कारणले बनेको हैन्, जमानादेखिको हो र यो अटुट रहिरहनेछ ।’

एमाले विभाजनको डिलमा पुगेका बेला ओलीले नेताहरुसँग बढाएको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। गौतम एमालेको संस्थापनले बोलाएको संसदीय दलको बैठकमा गए पनि केन्द्रीय कमिटी बैठकमा जाने गरेका छैनन् ।

गौतम ६ बैशाखमा बालुवाटारमा बसेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठमा समेत सहभागी भएका थिएनन् । अर्को बैठक भोलि पुनः बस्दै छ। भोलिको बैठकमा गौतम सहभागी हुन्छन् या हुँदैनन् यो भने प्रष्ट भएको छैन।

प्रतिक्रिया दिनुहोस
रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...

उपयुक्त समय आए पछि संविधान संशोधन हुन्छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समय...

काठमाडौं-४ राजन भट्टराईको मास्टर प्लान: डुबान समस्यादेखि स्मार्ट सिटीसम्म

    नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं काठमाडौं क्षेत्र नं. ४...