माधव नेपाललाई पार्टीबाटै निस्काशन गनुपर्छ : कर्ण थापा



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले माधवकुमार नेपाल लगायतलाई पार्टीबाट निकाल्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल खेलकुद महासंघकाे राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले ६ महिनाको निष्काशनले मात्रै नपुग्ने भन्दै पार्टीबाटै निस्काशन गर्नुपर्ने जिकिर गरेका हुन् ।

‘माधव नेपाललाई अब ६ महिनाको निलम्बनले पुग्दैन, उहाँहरुलाई पार्टीबाट निस्कासन गर्नुपर्छ,’ थापाको भनाइ छ, ‘भ्रमबाटै मान्छेलाई एकत्रित गरेर अन्तै लैजाने उहाँको षड्यन्त्र छ । यो भयङ्कर र जटिल प्रकारको षडयन्त्र उहाँहरुले गर्दै हुनुहुन्छ ।’

नेपाल पक्षले प्रचण्डको महत्वकांक्षालाई मलजल गरेर कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्ने कसम खाएर लागेको आरोप समेत थापाले लगाए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...