माधव नेपाललाई पार्टीबाटै निस्काशन गनुपर्छ : कर्ण थापा



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले माधवकुमार नेपाल लगायतलाई पार्टीबाट निकाल्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल खेलकुद महासंघकाे राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले ६ महिनाको निष्काशनले मात्रै नपुग्ने भन्दै पार्टीबाटै निस्काशन गर्नुपर्ने जिकिर गरेका हुन् ।

‘माधव नेपाललाई अब ६ महिनाको निलम्बनले पुग्दैन, उहाँहरुलाई पार्टीबाट निस्कासन गर्नुपर्छ,’ थापाको भनाइ छ, ‘भ्रमबाटै मान्छेलाई एकत्रित गरेर अन्तै लैजाने उहाँको षड्यन्त्र छ । यो भयङ्कर र जटिल प्रकारको षडयन्त्र उहाँहरुले गर्दै हुनुहुन्छ ।’

नेपाल पक्षले प्रचण्डको महत्वकांक्षालाई मलजल गरेर कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्ने कसम खाएर लागेको आरोप समेत थापाले लगाए ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...