नेकपा एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बालुवारमा



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवारमा शुरू भएको छ । बैठकको अध्यक्षता गर्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अरुका एजेण्डा बोकेर आउनेहरूलाई कुनै स्थान नरहेको र व्यक्तिगतरूपमा हरेक सदस्यलाई उचित जिम्मेवारी दिइने बताएका छन् । बैठकको शुरूमै अध्यक्षको सम्बोधन चलिरहेको र त्यसपछि महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन पेस गर्ने केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिए ।

 

 

बैठकमा यसअघि सहभागी नभएका माधव नेपाल पक्षधर केन्द्रीय सदस्य सोम मिश्र र विष्णु रिजाल पनि सहभागी भएका छन् । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले हौं भनेर एमालेकैविरुद्ध मतदान गर्ने,पार्टीविरुद्ध गतिविधि गर्ने र समानान्तर कमिटीहरु चलाउनेमाथि थप कारवाही हुने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...